मोरङका दुई गाउँमा आगलागी

मोरङ, पुस १७ । मोरङको बूढीगंगा गाउँपालिका– ७ र सुनवर्षी नगरपालिका– ९ डाइनियामा गएराति आगलागी हुँदा रु २० लाख बराबरको क्षति भएको छ ।

आगलागीमा परी बूढीगंगा– ७ का श्याम पौडेलको कच्ची घर, कुखुराको फार्मसमेत जलेर नष्ट हुँदा अन्दाजी रु १० लाख बराबरको क्षति भएको छ । पौडेलको घरमा भएको आगलागीका कारणबारे खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको जिप्रका मोरङका प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी दिए ।

त्यसैगरी आगलागीबाट सुनवर्षी– ९ डाइनिया बस्ने मुरली साहको पक्की घर तथा सो घरमा रहेको कपडाको पसल, टेलरिङसमेत जल्दा रु १० लाख बराबरको क्षति भएको छ । साहको घरमा राति १० बजेतिर विद्युत् प्रवाह भई आगलागी भएको थियो । आगोलाई प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *