देउवाले नछाड्दै एमालेका नेतालाई सरकारमा जान हताराे

पुस १७, काठमाडौँ । बाम गठबन्धनमा कुनै गडबड भएन भने, तीनसाता पछि केपी शर्मा अाेलीकाे नेतृत्वमा बहुमतकाे सरकार गठनमा कुनै समस्या छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अगाडि नै निर्वाचन पछि पार्टी एकता गर्ने घाेषणा गरेका प्रचण्ड र केपी अाेलीले अहिलेसम्म पार्टी एकताकाे कुनै अाधार तय गर्न सकेका छैनन् । ‘स्थीर सरकार देश विकासकाे अाधार’ भनेर बाम एकता गर्न लागिएपनि अहिले एमाले–माअाेवादी भित्र नै एकता हुन नसक्ने भन्दै विराेधका स्वर उठिरहेका छन् । भने, एमाले भित्र सरकारमा जाने अाकांक्षीहरू धेरै हुनाले पार्टीलार्इ सकस भएकाे छ ।

बाम गठबन्धनको बहुमत आएसँगै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको नेकपा एमालेमा मन्त्रीका आकांक्षी धेरै देखिएपछि व्यवस्थापन गर्न नेतृत्वलाई हम्मेहम्मे परेकाे हाे । बाम गठबन्धनभित्र भावी सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीले गर्ने सहमति करिब भइसकेको छ । एमालेमा मन्त्रीका लागि पुराना र नयाँ अनुहारबीच प्रतिस्पर्धा नै चलेको छ । सबैले आ–आफ्नो गुटमा लविङ तीव्र पारेका छन् । कतिपय सांसद निर्वाचन जितेपछि मतदातालाई धन्यवादसमेत नदिई हतारहतार मन्त्रीका लागि लविङ गर्न बालकाेट र धुम्बराही धार्इरहेका छन् ।

उपप्रधानमन्त्रीमा रावल र पोखरेलकाे अाँखा

पार्टी अध्यक्ष  केपी ओली प्रधानमन्त्री बन्ने भएपछि दुईमध्ये एक उपप्रधानमन्त्री एमाले र एक माओवादीको भागमा पर्ने देखिन्छ । महत्वपूर्ण मन्त्रालयसहित उपप्रधानमन्त्रीमा उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलले आँखा लगाएका छन् । उनिहरूले अाेली समक्ष मुखै खाेलेर उपप्रधानमन्त्री मागेकाे बालकाेट स्राेतकाे दावि छ ।

रावल पटकपटक मन्त्री बने पनि पोखरेल ०६४ र ०७० को दुवै संविधानसभा निर्वाचनमा लगातार पराजित भएका कारण मन्त्री बन्ने अवसरबाट चुके । दुवै नेता ओलीलाई अप्ठेरोमा साथ दिनेमा पर्छन् ।

पोखरेलकै सहयोगमा ओली एमालेको अध्यक्ष बन्न सफल भएका हुन् । माधव नेपाल समूहबाट उपाध्यक्षमा निर्वाचित रावल नाकाबन्दीका बेला ओली सरकारमा रक्षामन्त्री थिए । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमसहित अधिकांश नेता ओलीको विरोधमा देखिँदा रावलले अाेलीकाे साथ दिएका थिए ।

त्यतिखेरको गुन तिर्न पनि ओलीमाथि रावललाई मन्त्री बनाउनुपर्ने दबाब छ । दुईमध्ये एक उपप्रधानमन्त्री बन्ने भने पक्का छ । तर, दुवै नेताबीच सन्तुलन मिलाउन कसैलाई पनि उपप्रधानमन्त्री नबनाउने र समान ‘पोटफोलियो’ मा सरकारमा सहभागी गराउन पनि ओलीलाई निकटस्थहरुको सुझाव छ ।

मन्त्रीको लविङमा पाैडेल देखि सुनुवारसम्म

मन्त्रीका लागि एमालेमा उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालबीच पनि प्रतिस्पर्धा छ । पौडेल यसअघि पटकपटक मन्त्री भइसकेका छन् । भुसाल अघिल्लो निर्वाचनमा पराजित भएकाले मन्त्री बन्ने ढोका उनका लागि बन्द भयो । भुसाल र पौडेल दुवै रुपन्देहीबाट निर्वाचित सांसद हुन् ।

एकै जिल्लाबाट जितेका कारण एकजना मन्त्री बन्दा अर्को पाखा लाग्ने करिब निश्चितजस्तै छ । गत महाधिवेशनमा पौडेल ओली र भुसाल माधव नेपाल समूहबाट उपमहासचिव निर्वाचित भएका हुन् । यस्तै अर्थमन्त्रीमा सुरेन्द्र पाण्डेको दाबी छ । पाण्डेसँग झलनाथ खनाल नेतृत्वको सरकारमा अर्थमन्त्रालय चलाइसकेको अनुभव छ । उनी सफल अर्थमन्त्रीका रुपमा चिनिन्छिन् ।

यस्तै दुईपटकसम्म लगातार काठमाण्डौं बाट पराजित भएर गृहजिल्ला तेश्रो प्रयासमा गृहजिल्ला ताप्लेजुङबाट निर्वाचित सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई मन्त्रीका प्रबल दाबेदार हुन् । उनलार्इ पार्टीमा स्पष्ट वक्ताका रूपमा लिइन्छ ।

पूर्वाञ्चलबाट उनको नाम मन्त्री हुनेमा पहिलो नम्बरमा छ । अध्यक्ष ओलीका प्रिय पात्र शेरधन राई प्रदेश–१ को मुख्यमन्त्री बन्ने भएपछि योगेशका लागि बाटो खुला भएको हो । युवा नेता रवीन्द्र अधिकारी पनि यसपटक मन्त्री बन्ने सम्भावना बढी भएका नेता हुन् ।

संसदको विकास समिति सभापति हुँदा लोकप्रिय काम गरेका कारण पार्टीभित्र र बाहिरसमेत उनको छवि राम्रो छ । पहाडबाट झरेर विराटनगरबाट चुनाव जितेका भानुभक्त ढकालको पनि मन्त्रीमा दाबी छ । तथापि, माेरङ–३ काे निर्वाचनमा कांग्रेससँग झिनाे मतले विजयी हुँदा उनकाे साख गिरेकाे छ । काँग्रेस नेता डा . शेखर कोइरालालाई मोरङ–६ बाट हराउन सफल लालबाबु पण्डित पनि मन्त्रीका बलियो दाबेदार हुन् । उनी सामान्य प्रशासन मन्त्री हुँदा गरेकाे उत्कृष्ठ कामका कारण पनि यसपटक मन्त्री हुने ब्यक्ति हुन् ।  उनले माेरङमा डा. शेखरलार्इ पराजित गरे लगत्त्तै अाफु गृहमन्त्री बन्न इच्छुक रहेकाे सार्वजनिक गरेका छन् ।

गुल्मीबाट निर्वाचित प्रदीप ज्ञवाली र गोकर्ण विष्ट दुवैको मन्त्रीमा दाबी छ । एकै जिल्लाबाट दुई नेताको दाबी हुँदा दुईमध्ये एकजनाको मात्र सम्भावना छ । यस अघि उर्जामन्त्री हुँदा विष्टले उर्जा क्षेत्रमा गरेकाे कामले उनलार्इ पुनः मन्त्री हुने बाटाे तय भएकाे हाे । यस्तै चितवनबाट कृष्णभक्त पोखरेल मन्त्रीका दाबेदार छन् । यसअघि पनि सांसद रहेका पोखरेल कानुनमा राम्रो दख्खल राख्छन् ।

काठमाण्डाैंबाट कृष्णगोपाल श्रेष्ठ, रामवीर मानन्धर र जीवनराम श्रेष्ठले पनि मन्त्री पद दावि गरिरहेका छन् । काठमाण्डाैंमा राम्रो नतिजा ल्याएको हुनाले मन्त्री पाउनुपर्ने दाबी उनीहरुको छ । पूर्वडिआईजी नवराज सिलवाललाई ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउँदै केपी ओलीको मन्त्री घोषणा गरेका थिए । काँग्रेसका प्रभावशाली युवा नेता उदयशमशेर राणालाई पराजित गरेका सिलवाल पनि मन्त्रीका दाबेदार छन् ।

मधेसबाट रघुवीर महासेठ मन्त्री बन्ने करिब पक्काजस्तै छ । उनी पूर्व सिचार्इमन्त्री हुन् । यस्तै जनजातिबाट ओखलढुंगाका यज्ञराज सुनुवार, दोलखाका पर्वत गुरुङ,  राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई पराजित गरेका सिन्धुपाल्चोकका शेरबहादुर तामाङ, पाल्पाका दलबहादुर राना र डोटीका प्रेम आले मन्त्रीका लागि तीव्र लविङमा छन् । सात नम्बर प्रदेशबाट भीम रावल मन्त्री नभए आलेको करिब पक्काजस्तै छ ।

दलितबाट पोलिट्ब्युरो सदस्य छविलाल विश्वकर्माको मन्त्री बन्ने सम्भावना बढी छ । महिलातर्फ देउवा सरकारका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई स्याङजाबाट पराजित गरेकी पदमा अर्याल र केपी ओलीको गृहजिल्ला झापाबाट निर्वाचित पवित्रा निरौलाको चर्चा छ । दुईमध्ये एक मन्त्री बन्ने करिब निश्चितजस्तै छ । यद्यपि निरौलाको भन्दा अर्यालको पल्ला भारी रहेको एमाले स्रोतले बतायो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *