लोडसेडिङ हटाउने कुलमानको ट्राफिक जाम कम गर्ने यस्तो सुत्र

काठमाडौं, पुस १६ । कुशल व्यवस्थापनबाट लोडसेडिङ हटाएर लगभग अँध्यारो युगको अन्त गरेका कुलमान घिसिङले काठमाडौंमा ठुलो समस्याको रुपमा रहेको ट्राफिक जाम हटाउने सुत्र पनि देखाएका छन्न् । उनको यो सुत्रले लोडसेडिङ जस्तै काम गर्छ या गर्दैन यो त हेर्न बाँकीनै छ ट्राफिक जाम को नियन्त्रण गर्ने सम्बन्धमा यस्तो छ कुलमानको योजना ।

देश नै आक्रान्त बनेको लोडसेडिङ एउटै प्रयासमा अन्त्य गर्न सफल भएका विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ ट्राफिक जामलाई लोडसेडिङजस्तै ‘पिक टाइम म्यानेजमेन्ट’को नीतिमा रहेर हेर्नुपर्ने मान्छन् ।जसरी बिहान र साँझ बिजुलीको उच्च माग हुँदा लोडसेडिङ बढ्दै जान्छ, त्यसरी नै बिहान र साँझ कार्यालय लाग्दा र छुट्दा सवारीको जाम उच्च हुन्छ । जामको समस्यालाई ‘पिक प्यानेजमेन्ट’को दृष्टिमा सम्बोधन गर्न सकिने घिसिङको मत छ ।

काठमाडौंका सडकमा जामको समस्या बढ्नुमा १/२ कारण मात्रै छैनन् । मुख्यतयाः ट्राफिक व्यवस्थापनको नीति, योजना र पूर्वाधार अभावले सवारी जाम बढिरहेको यातायात व्यवस्था विभागको निष्कर्ष छ ।

घिसिङले गृह मन्त्रालयलाई धेरै सवारी साधन सडकमा निस्किने व्यस्त समयमा कुनै तरिका लगाएर सार्वजनिक सवारीबाहेक अन्यलाई कम गर्दै व्यवस्थापन गर्न सुझाव दिएका छन् । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापनमा उनकै अवधारणा अगाडि सारेका छन् । मेयर महर्जनले सबै कार्यालय १० बजे नै खोल्ने नीति परिवर्तन गर्ने प्रस्ताव गरेका छन् ।उनले विभिन्न छलफलहरुमा गृह मन्त्रालय र प्रहरीलाई फरक प्रकृतिका कार्यालयलाई छुट्टा–छुट्टै समयमा खोल्ने र बन्द गर्ने व्यवस्था मिलाउन आग्रह गर्दै आएका छन् ।त्यस्तो व्यवस्था भएमा अहिले देखिएको ट्राफिक जामको समस्या धेरै हदसम्म समाधान हुने उनको दाबी छ ।‘समृद्ध मुलुकमा कहीं पनि सबै प्रकृतिका कार्यालय एकै समयमा खोलिँदैनन् ।

हामीले पनि काठमाडौंमा बढेको जामको समस्यालाई हटाउन त्यही नीति अवलम्बन गर्नुपर्छ,’ मेयर महर्जन भन्छन्, ‘अब निजी क्षेत्रका कार्यालय बिहान आठ बजे खोलौं, संस्थानका कार्यालयमा नौ बजेबाट सेवा शुरु गरौं, सरकारी कार्यालयलाई १० बजेको समय दिऔं ।’उनको भनाइमा अहिले बिहान १० बजे सबै एकैपटक सडकमा निस्किने तालिका छ । ‘अनि, दिनभर जाम भइरहन्छ । यसलाई त व्यवस्थापन नगरी सुखै छैन,’ उनी भन्छन् ।निजी क्षेत्रलाई बिहान आठ, संस्थानलाई नौ र सरकारी कार्यालयलाई १० बजे खोल्न सुझावसबै पक्षसँग समन्वय गरेर कार्यालयहरु खोल्ने र बन्द गर्ने समयलाई विविधीकरण गरिए काठमाडौं उपत्यकामा बढ्दो सवारी जामको समस्या हल हुने विश्वास उनको छ ।‘जामको समस्या पिक आवरमा सरल रुपमा सवारी व्यवस्थापन गरेरै सुल्झाउन सम्भव छ । फरक समयतालिकामा फरक प्रकृतिका कार्यालय खोल्ने व्यवस्थाबाट १० र चार बजेआसपास हुने सवारी चाप घटाउन सकिन्छ,’ महर्जन भन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *