इसाई समाजले मनायो अपाङ्ग विधार्थी सँग नयाँ वर्ष


“
पुस १६, धरान । अग्रेजी वर्ष २०१८ को अवसरमा धेरैले आफ्नो घर, होटेलमा भोज खाएर नयाँ वर्ष मनाए पनि धरान इसाई समाजले भने नयाँ वर्षको अधिल्लो दिन आइतबार धरान १६ स्थित सूस्तमनस्थिती विधालय (बौद्धिक अपाडता )का विधार्थी लाई विभिन्न सामग्रीको उपहार दिँदै भोज खुवाएर मनाएको छ ।
विधालयको हलमा आयोजित एक कार्यक्रममा समाजले सो विधालयमा अध्ययनरत ४९ जना बौद्धिक अपाड विधार्थीहरुलाई किताब राख्ने काठको वाकस ५ थान ,ठुलो ऐना ५ थान पानी खाने ठुलो फिल्टर १ थान,खेलकुदका सामानहरू , म्याट लुगाहरु लगायत फलफुल वितरण गरेका थिए ।
सोही अवसरमा इसाई समाज धरानको स्थापनाकाल देखि नै समाजको हरेक क्रियाकलापको बारेमा सचारमाध्यमवाट प्रचार प्रसार गरी समाजको छविलाई उच्च पार्दै हौसला प्रदान गरेकोमा पत्रकार आनन्द श्रेष्ठलाई प्रमुख अतिथि समाजसेवी मणिराम श्रेष्ठले दोसल्ला ओडाएर सम्मानपत्र सहित सम्मान गरेको थियो । यसै गरी वीपी प्रतिष्ठानका ४ जना डाक्टरहरु लगायत १८ जनालाई सम्मानित गरेको थियो । समाजलाई सहयोग पुर्याउने १५ जनालाई मायाको चिनो पनि प्रदान गरेरका थिए ।
सो समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले मानिसको पुत्र सेवा लिनलाई होइृन सेना दिनलाई आएको हो भन्ने बाइबलको वचनलाई दोहर्याउदै धरानको इसाई समाजले थालेको अपाङ्गमैत्री यस्ता कामको अन्य सङ्घ सस्थाहरुले पनि अनुसरण गर्नु पर्ने बताए ।
विगत ४ वर्ष देखि धरानका विभिन्न अपाङ्ग विधालयहरुलाई हज्जारौ मूल्यका भौतिक सामग्रीको उपहार प्रदान गर्नुको साथै प्रीति भोज खुवाएर क्रिसमस र नयाँ वर्ष मनाउदै आएको कुरा समाजका अध्यक्ष कमल हयुजले कार्यक्रममा जानकारी दिए ।
धरानका इसाई गुरुहरु पर्शुराम गुरुड विसप ज्योति थुलुड ,नरहरी साम्पाड राई ले प्रार्थना गरी सुरु भएको सो कार्यक्रममा नेपाल अपाङ्ग महिला सङ्घका संयोजक भीमा खतिवडा, सुस्तमनस्थिति विधालयका प्रधानाध्यापक शिला श्रेष्ठ ले पनि वोलेका थिए ।
“
