राजनीतिमा आउने रजनीकान्तको घोषणा

काठमाडौं, पुस १६ । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकान्तले राजनीतिमा आउने घोषणा गरेका छन् ।तमिलनाडुमा लोकतन्त्र खराब अवस्थाबाट गुज्रिरहेको र सिस्टम परिवर्तनका लागि राजनीतिमा आउनु परेको उनले बताए ।

उनले आफ्नै पार्टी बनाउने र तमिलनाडुमा आगामी मेमा हुने विधानसभा चुनाव लड्ने बताएका हुन् । उनले भने, ‘यो संकटको घडीमा राजनीतिमा आइन भने मेरो लागि लाजमर्दो विषय हुनेछ ।’ चर्चित अभिनेता रजनीकान्तले मानिसहरुलाई राजनीतिमा आउन पनि अपील गरे । साथै उनले अब तामिलनाडुको हरेक गाउँ र गल्लीमा पुग्ने बाचा पनि गरेका छन् ।

प्रदेशकी लोकप्रिय मुख्यमन्त्री जयललीताको निधनपछि रजनीकान्त राजनीतिमा आउने अनुमान गरिएको थियो । ६७ वर्षीय रजनीकान्तले भनेका छन्, ‘प्रदेशको आगामी विधानसभामा एउटा नयाँ राजनीतिक दल बनाउनु समयको माग हो । हामी २०२१ मा तमिलनाडुका सबै २३४ सिटमा चुनाव लड्छौं ।’

जयललिताको निधनपछि तमिलनाडुको राजनीतिमा एक खालीपन आएको छ । जयललिताको लोकप्रियता यति थियो कि त्यो रिक्तता भाजपा वा कांग्रेसले पूर्ति गर्न सकेनन् । जयललिताको पार्टी एआईएडीएम भने अन्तरिक विवादमा फसेको छ ।

आरके नगर उपचुनावबाट यो प्रमाणित भएको छ कि जयललिताको मृत्युपछि पनि एआइएडिएमको भोटहरु सुरक्षित छन् । कारवाहीका वावजुत चुनाव जितेका दिनाकरणलाई पार्टी भन्दाबाहिर हेर्नुहुँदैन । उनलाई पार्टीको एक हिस्सा मान्न सकिन्छ ।

तर, रजनीकान्तका आलोचकहरु उनले २० बर्ष देखि राजनीतिमा आउने बताइरहे पनि त्यो सम्भव नभएको बताउँछन् । उनीहरु भन्छन्– ‘फिल्मी डायलगले आम नागरिकहरुलाई खिच्न सक्दैन ।’

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *