मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

भोजपुर नगरपालिकामा काँग्रेस विजयी

भोजपुर, १७ असार । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी हुनुभएको छ । गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याउनुभएको छ । त्यस्तै, उपप्रमुखमा एमालेकी ममिता राई विजयी हुनुभएको छ । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत ल्याउनुभएको छ ।

अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी हुनुभएको छ । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी हुनुभएको छ । यस्तै, ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी हुनुभएको छ । आमचोक गाउँपालिकामा भने नेकपा(माओवादी केन्द्र)का अशोक राई र उपप्रमुखमा सीता राई विजयी हुनुभएको छ । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे । रासस

प्रतिकृयाहरु
Loading...