नोबेल क्विज मेनिया सिजन ६ को हङकङ अडिसन सम्पन्न

हङकङ पुस १६ । नोबेल क्विज मेनिया सिजन ६ को हङकङ अडिसन सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कन्सुलेट जनरल कमल प्रसाद भट्टराईको प्रमुख आतिथ्यता रहेकोे थियो भने महानायक राजेश हमाल विशेष अतिथिका रुपमा उपस्थित थिए । विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको अडिसन एक्रेटिभ मिडियाले डी टु इन्टरटेनमेन्ट, एचकेको सहकार्यमा सम्पन्न गरेको हो ।

हङकङ अडिसनका विजेताहरुले नेपालमा सम्पन्न हुने अन्तिम चरणको कार्यक्रममा आफ्नो देशको प्रतिनिधित्व गर्दै अन्य एसियाली राष्ट्रका विजयीहरुसँग प्रतिस्पर्धा गर्नेछन् ।

कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको नोबेल क्विज मेनिया कार्यक्रमको अन्तिम चरणको प्रतियोगिता आगामी ६ देखि १३ जनवरी सम्म हुनेछ । अन्तिम प्रतिस्पर्धाका विजेता समूहले ५००० डलर प्राप्त गर्नेछन् भने दोश्रो तथा तेश्रो हुने समूहलाई क्रमशः ३००० तथा १५०० डलर पुरस्कार स्वरुप प्रदान गरिनेछ ।

अन्तिम चरणका विविध कार्यक्रमबीच विदेशी विद्यार्थीका साथै कुटनीतिक, शिक्षा, व्यवसाय जस्ता विविध क्षेत्रका व्यक्तित्वहरुको समेत सहभागिता रहने छ । प्रतियोगिताको अन्तिम चरणका कार्यक्रमहरूमा नेपाल तथा समग्र एसियाको पर्यटन, कला संस्कृति, भाषा भेषभुषाका बारेमा प्रबर्धन  गर्ने लक्ष्य समेत आयोजकले लिएको छ ।

विराटनगर स्थित नोवेल मेडिकल कलेजको प्रस्तुति रहेको सिजन ६ को इन एशोसिएशन विथमा इस्लिङ्टन कलेज रहेको छ भने, कार्यक्रमको प्रायोजकमा एनआइसी एसिया बैङ्क लि. , नेपाल टेलिकम, राइटपाथ करियर काउन्सेलिङ, मर्सि एजुकेशन कन्सल्टेन्सी, हिरो मोटरसाइकल, श्री वेङ्कटेश्वर कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी इण्डिया, श्रीनाथ कलेक्सन, कतार एयरलाइन्स, गोल्डेन गेट इन्टरनेशनल कलेज, नेपालय कलेज, पाथ फाइण्डर इन्टरनेशनल एजुकेशन, एक्सस एजुकेशन नेटवर्क, एक्सपर्ट एजुकेशन नेटवर्क, कान्तिपुर एजुकेशन, हिटाची  लगाएत रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *