भारत चीन कूटनीति

नयाँ दिल्ली । चीनद्वारा भारतीय सीमा नजिकै निर्माण गर्न लागिएको भनिएको बाटोले सुरक्षाको प्रश्न उठाएको भारतले जनाएको छ । भारतले चीनले निर्माण गर्न लागेको सो बाटोको विषयलाई लिएर चीनको कडा शब्दका बिरोध पनि गरेको छ । यसअघि सो बाटो निर्माणको विषयमा बुझ्नका लागि भन्दै भारतीय सैनिक बिना अनुमति आफ्नो भू–भागमा प्रवेश गरेको भन्दै विरोध पनि गरेको थियो ।

सो निर्माणकार्य रोक्नका लागि भन्दै भारतीय सीमा सुरक्षा बल चिनियाँ भू–भागमा प्रवेश गरेको चीनको आरोप छ । सो आरोपपछि आज भारतले नै चीनको विरोध गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा भने भारत, भुटान र चीनको एक संयुक्त सीमाना नजिकै चिनियाँ सेना प्रवेश गरेको र चीनले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको बताइएको छ ।

सो विज्ञप्तिमा भनिएको छ, चीनले हालैका दिनमा यसरी एकतर्फीरुपमा सेना लगाएर सडक बनाइरहेको घटनाले आगामी दिनमा सुरक्षामा खतरा हुने मात्र नभई यसका कारण सम्बन्धमा पनि थप असर गर्न सक्छ । भारत र चीनको सीमामा हिमाली क्षेत्रमा ठूलो भू–भाग रहेको छ । जसका कारण समय समयमा यी दुई देशबीच एक अर्कोले सीमा नाघेरभित्र प्रवेश गरेको भन्ने आरोप लगाउने गरेका छन् । रासस/ एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *