‘कमल थापालाई उनका सन्तान सात पुस्तासम्मले धिक्कार्छ’ : मन्त्री गिरि

काठमाडौं, पुस १५ । शहरी विकासमन्त्री दीलनाथ गिरिले उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापा राजनीतिक मान्छे नै नभएको आरोप लगाएका छन् । आफूलाई बर्खास्त गर्न थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाएपछि आक्रोसित भएका गिरिले मन्त्रीपरिषदमा बस्ने जनादेश थापालाई पनि नभएकोले उनले पनि राजीनामा दिनुपर्ने बताए ।

थापालाई नाङ्गो चरित्रको राजनीतिक व्यक्ति भएको टिप्पणी गर्दै थापाका सन्तानले उनलाई सातपुस्तासम्म धिक्कार्ने बताए । ‘राजनीतिमा उनले जुन खालको नङ्नता प्रदर्शन गरिरहेका छन्, यो नग्नताका कारण उनको सात पुस्तासम्म बदनाम हुने स्थिति बनेको छ’ मन्त्री गिरिले भने, ‘हाम्रा पुर्खा कमल थापाले हाम्रो परिवारको बेइज्जति गराए भनेर सात पुस्तासम्मका सन्तान दरसन्तानहरुले उनलाई धिक्कारिरहनेछन्।’

 गिरिले भने ‘राजीनामा दिइसकेको व्यक्तिलाई बर्खास्तीका लागि पत्र पठाउने होइन, थापामा अलिकति पनि नैतिकता छ भने उनी आफैले राजीनामा दिनु पर्ने हो।’ उनले भने, ‘तर मलाई थाहा छ, थापाजस्ता अकर्मण्य, लोभी, पापी राजनीतिक व्यक्तिले राजीनामा दिँदैनन्।’

विहीबार मन्त्री परिषद् बैठकमा सचिव सरुवाको विषयलाई लिएर विवादपछि शुक्रबार राप्रपा अध्यक्ष थापाले पार्टीका मन्त्री गिरिलाई बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाका छन्। ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *