प्रतिवन्धित औषधी बिक्रि गर्ने भारतीय नागरिक पक्राउ

धनगढी, पुस १५ । कैलालीको लम्की चुहा नगरपालिकामा अवैध मेडिकल पसल सञ्चालन गरी प्रतिवन्धित औषधीको विक्री वितरण गर्दै आएका एक जना भारतीय नागरिक पक्राउ परेका छन ।

लम्कीचुहा नगरपालीका वडा नम्वर ९ खमरियामा मेडिकल पसल राखेर लागु औषधको रुपमा प्रयोग हुने औषधी विक्री वितरण गर्दै आएका भारतको लखीमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्रपाललाई पक्राउ परेका हुन् ।

मेडिकल सञ्चालनको नाममा अवैध लागु औषध विक्री वितरण हुने गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडीकल पसलमा खान तलासी गर्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधी ३ वोरा वरामद गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *