भारतकी किशोरीले बनाईन् ‘रेप प्रुफ पेटी’


“
यो पेटी बनाउनका लागि बुलेट प्रुफ कपडा प्रयोग गरिएको छ । यसमा एक स्मार्ट लक, एक जीपीआरएस र एक रेकर्डर पनि लगाइएको छ ।
१९ बर्षका सीनु कुमारी उत्तर प्रदेशको फरुर्खावाद जिल्लाको एक निम्म मध्यबर्गीय परिवारकी छोरी हुन । उनका पिता किसान हुन् ।
सीनुको भनाई छ कि उनी केन्द्रीय बाल एवं विकास मन्त्री मेनका गान्धीबाट प्रशंसा मिल्यो । उनी अव यो पेटीको अधिकार सुरक्षित गर्दैछिन् ।
बीबीसीसँगको कुराकानीमा सीनुले भनेकी छिन कि पेटीलाई न त सजिलै काट्न सकिन्छ न त जलाउन नै । यसमा लगाइएको स्मार्ट लक केवल पासवर्ड हालेर मात्र खुलाउन सकिन्छ ।
सीनु भन्छिन कि यसमा एक बटन लगाइएको छ, जसलाई दवाएपछि तुरन्तै इमरजेन्सी या १०० नम्वरमा डायल हुन्छ । यसमा लागेको जीपीआरएसको मुद्धतबाट प्रहरीले लोकेशन पत्ता लगाउँछ । रेकर्डरले त्यस आसपासको सवै आवाज रेकर्ड गर्छ ।
यो पेटी बनाउन सीनुले चार हजार खर्च गरिन । परिवारले पुरै सहयोग गर्यो । सीनुले आफ्नै अनुसन्धानबाट यस्तो पेटी बनाएको बताएकी छिन् ।
सरकारी सहयोग मिले यो पेटीलाई अझ राम्रो बनाउन सकिन सीनुको भनाई छ । टीभीमा दैनिक महिलामाथि हुने हिंसाका घटनाले आफुलाई चिन्तित पार्ने गरेको सीनुले बताइन् ।
“
