नेपाल कतारबीच सहयोग आदानप्रदान आवश्यक
“
काठमाडौँ, १६ असार । गृहमन्त्री जनार्दन शर्माले नेपालका लागि कतारका राजदूत हमरसँग आज भएको भेटमा कतारको विकासमा नेपाली नागरिकको श्रम तथा सीपको लगानी भएको र उसको समृद्धिमा नेपाल सन्तुष्ट भएको बताउनुभएको छ । गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटवार्तामा मन्त्री शर्माले दुवै राष्ट्रबीच आपसी सहयोग आदानप्रदान गर्न आवश्यक रहेको बताउँदै सन् २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताको शुभकामना दिनुभयो ।
यसैगरी कतारी राजदूतले पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन व्यवस्थित तथा शान्तिपूर्ण ढङ्गले सम्पन्न गराउन सफल भएकामा गृहमन्त्री शर्मालाई बधाई दिनुभयो । राजदूत हमरले कतारमा हुन लागेको विश्वकप फुटबलको तयारी लगभग पूरा भएको जानकारी गराउँदै नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस
“