कोहलपुरमा वडा नम्बर १५ को मतपरिणाम सार्वजनिक

कोहलपुर ,बाँके । कोहलपुरमा वडा नम्बर १५ को मतपरिणाम सार्वजनिक भएको छ । केहिबेर अघि सार्वजनिक भएको मतपरिणाम अनुसार नेपाली काँग्रेसले वडाध्यक्ष सहित पुरै प्यानल जितेको छ । काँग्रेसका वडाध्यक्ष उम्मेदवार पतिराम थारुले ७४१ र उनका प्रतिद्धन्द्धी राप्रपाका ओम प्रकाश थारुले ६६१मत प्राप्त गरेका छन् ।

कोहलपुर नगरपालिकामा वडा नम्बर १ र १५को मत सम्पन्न गरेर अब २ नम्बर वडाको मतगणना गर्न थालिएको छ । अहिले कोहलपुर नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिइरहेको छ । जसमा नेपाली कांग्रेसका भानुभक्त भट्टराईले ११०५ मत,एमालेका लुट बहादुर रावतले ७६१ र माओबादी केन्द्रका नरेन्द्र न्यौपानेले ५८८ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *