इपिएलको फाइनल आज, विराटनगर र भैरहवा ग्लाडिएटर्स भिड्दै

२०७४ जेठ १५ गते

“
काठमाडौं, पुस १५ । एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । फाइनलमा विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
इपिएलमा भैरहवा र विराटनगरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ११ बजेदेखि हुने उपाधि भिडन्तमा रोमाञ्चक प्रतिस्पर्धा हुने विराटनगरका कप्तान पारस खड्का र भैहरवाका कप्तान शरद भेषावकरले अपेक्षा गरेका छन् ।
फाइनलअघि भएका दुवै प्रतिस्पर्धामा विराटनगर विजयी भएको थियो । विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो ।
इपिएलमा एक्लो अपराजित टिम विराटनगरका कप्तान पारसले टिमको फर्मलाई जारी राख्ने बताएका छन् । भैरहवाका कप्तान शरद भने तेस्रो खेलमा जित हात पारेर दुई खेलमा बेहोरेको हारको बदला लिन चाहान्छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित