बसको ठक्करबाट स्कुटरमा सवार दुईको मृत्यु

असार १६, तनहुँ –  तनहुँको गुणदीमा शुक्रवार दिउँसो सवारी दुघटना हुँदा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । घादिङबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ३६९१ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १२ प ६३४९ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ २ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा स्कुटीमा सवार व्यास–५ मानुङ धरादीका बसन्त थापा र मदीप थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइते भएपश्चात उनीहरुलाई दमौली अस्पतालमा उपचारको क्रममा ल्याएपनि चिकित्सकहरुले परीक्षणको क्रममा उनीहरूलाई मृत घोषित  गरिएको थियो ।

सोही घटनाको विषयलाई लिएर पुथ्वी राजमार्ग समेत केही समय अवरुद्ध भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *