नेपाली कांग्रेसका लोकेन्द्र शाहीको प्यानल विजयी

असार १६ । केआईसिह गाउँपालिकामा ७ वटै वडा कब्जा गर्दै नेपाली कांग्रेसका लोकेन्द्र शाहीको प्यानल विजयी भएको छ । सबै वडामा कांग्रेसकै प्यानल विजयी भएको हो । शाहीले नेकपा एमालेका यज्ञराज जोशीलाई एक हजार पाच सय ६२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । शाहीले तीन हजार एक सय ८८ मत ल्याएका थिए भने एमालेका प्रत्यासी जोशीले एक हजार ६ सय २६ मत ल्याएका थिए ।

त्यसै उपाध्यक्षमा कांग्रेसकी मिना बिष्टले ३ हजार १ सय ७५ मत ल्याएर बिजयी भएकी छिन् । एमालेबाट उपाध्यक्षमा लडेकी लक्ष्मीदेबी जोशीले एक हजार ६ सय १९ मत ल्याएकी थिइन् । वडा नं. १ बाट कांग्रेसका कृष्ण बहादुर बम, २ बाट नेत्र रावल, ३ वाट रत्न बहादुर कुवर, ४ बाट रामचन्द्र राणा, ५ बाट जय बहादुर धामी, ६ बाट दिप बहादुर बलायर र ७ बाट हर्क बहादुर बिष्ट वडाध्यक्षमा बिजयी भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *