चितवनमा प्रचण्डसहितका सांसदले कोरे रिङरोड र लिंकरोडको मोडालिटी

भरतपुर,पुष १४ । चितवनको प्रतिनिधि तथा प्रदेशसभाबाट निर्वाचित भएका सांसदहरुले आफ्नो क्षेत्रमा तत्काल गर्नुपर्ने कामको मोडालिटी तयार पारेका छन् । कुन–कुन विकासको कामलाई बढी प्राथमिकता दिएर गर्ने भन्ने कुरामा उनीहरुले मोटामोटी मोडालिटी तयार पारेका हुन् ।

 

चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका पुष्पकमल दाहालले चार दिने चितवनको बसाइँमा यहाँको विकासबारे आफूले मोडालिटी तयार पारेको बताए । चार दिनको बसाइमा दजनौं कार्यक्रममा सहभागी भएका पुष्पकमल दाहालले दीर्घकालीन योजनाको मोडालिटी तयार पारेको बताएको थिए । उनले आफ्नो दीर्घकालीन योजनालाई अगाडि बढाउन भरतपुर महानगरपालिकालाई निर्देशन दिएका छन् ।

उनले भरतपुर महानगरपालिकाले राखेको कार्यक्रममा रिङरोड र लिंकरोड निर्माणको मोडालिटी आफूले तयार पारेको बताए । उनले आफ्नो विकासको पहिलो प्राथमिकता नारायणी र राप्तीको तटबन्ध रहेको बताए । उनले नारायणीमा नयाँ पुल निर्माण गर्न पनि आफ्नो प्राथमिकता रहेको बताए ।

चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सुरेन्द्र पाण्डेले आफूले पनि विकासको मोडालिटी तयार पारेको बताए । उनले भने, ‘जादुजसरी तत्कालै विकासको काम धमाधम अघि बढ्न सक्दैन । यसको लागि बजेट आउनुपर्छ ।’ उनले अब आउने बजेटबाट आफूले चितवन क्षेत्र नम्बर १ मा विकासको धेरै कामहरुहरु गर्ने बताए । उनले भने, ‘मैलै कयर खोलाको लोथर खोलाको तटबन्धलाई विशेष प्राथमिकता दिनेछु । पर्यटन, सडक, शिक्षालाई ध्यान दिएर बजेट पार्नेछु ।’ उनले वामगठबन्धनको घोषणापत्रमा उल्लेख भएका कुरालाई प्राथमिकता दिने बताए ।

चितवन क्षेत्र नम्बर २ का सांसद कृष्णभक्त पोख्रेलले पनि विभिन्न कार्यक्रमहरुमा चितवनलाई चीनको संघाईंजस्तो सिटी बनाउन सकिने बताएका थिए । उनले चितवनलाई पर्यटन सिटी, औद्योगिक सिटीको रुपमा विकास गर्न एउटा गुरुयोजना बनाएर अघि बढ्ने बताए ।

चितवन क्षेत्र नम्बर ३ को प्रदेश १ बाट विजयी भएका कृष्णप्रसाद भुर्तेलले पनि आफूले आफ्नो क्षेत्रको मोडालिटी तयार पारको बताए । उनले भने, ‘मैले शारदानगरको रंगशाला निर्माण र मेघौलीलाई देशकै पर्यटकीय गन्तव्य बनाउनको लागि मोडालिटी तयार पारेको छु । उनले निकुञ्ज नजिकको बस्तीलाई जोगाउन मेस जाली हाल्ने कामलाई पनि प्राथमिकता दिएको बताए ।

चितवन क्षेत्र २ बाट प्रदेश सांसद बनेका विजय सुवेदीले सडक र ढललाई प्राथमिकता दिएर अघि बढ्ने बताए । उनले भने, ‘एउटा गुरूयोजना बनाएर अघि बढ्छु, सडक, ढल, जंगल र जमिनलाई प्राथमिकता दिएर अघि बढ्छु ।’ चितवन क्षेत्र नम्बर २ का अर्का प्रदेश सांसद घनश्याम दाहालले आफ्नो क्षेत्रको विकासमा नयाँ मोडालिटी तयार पारेको बताए । उनले भने, ‘स्थानीय सरकारले पुर्जा वितरण गर्न सक्ने कानुन बनाउन लाग्छु । शक्तिखोरको औद्योगिक क्षेत्रलाई अगाडि बढाउँछु । पहाडी बस्तीलाई एकीकृत नमुना बस्तीको रुपमा विकास गर्छु ।’

चितवन क्षेत्र १ का प्रदेश सांसद कृष्ण खनाल र दावादोर्जे लामाले पनि आफ्नो क्षेत्रको विकासमा सुन्दर मोडालिटी तयार पारेर अघि बढ्ने बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *