प्रदेशसभा सांसद टुङ्गो लगाउने ‘डेडलाइन’ : बबरमहलदेखि बालुवाटार व्यस्त !

काठमाडौं, पुष १४। समानुपातिक सांसद्को नामावली टुंग्याउने आज अन्तिम दिन दलहरु बालुवाटारदेखि पार्टी केन्द्रीय कार्यालयको बैठकमा व्यस्त भइ लागि परेका छन् ।

 

प्रदेशसभा समानुपातिक सांसदको नामावली टुंग्याउन साढे दश बजेदेखि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । त्यस्तै, यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलको बबरमहलमा र कोटेश्वर पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बसिरहेको छ ।

निर्वाचन आयोगले पठाएको पत्रअनुसार आज नै दलहरुले प्रदेश सभाका समानुपातिक सांसदको नामावली बुझाउनुपर्ने हुन्छ । समानुपातिकतर्फ प्रदेशसभामा सिट प्राप्त गर्ने ११ दल रहेका छन् । आयोगले दललाई ७ दिनभित्र नामावली बुझाउन पत्राचार गरेको थियो । नेकपा एमाले, विवेकशील साझा, संघीय समाजवादी फोरम नेपाललगायतका राजनीतिक दलले भने यसअघि नै नामावली टुंगो लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *