किन हराउँछन् महिला र बालबालिका ?

काठमाडौं, पुस १४ ।  मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए ।  चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् ।

तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई आफु नभएको मौकामा छोरासहित घर छोडेर गएको बताए ।, यो खबर आजको नागरिक दैनिकमा छ, तीन बर्षको अवधिमा ११ हजार ८ सय ५७ महिला र बालिका हराएको तथ्यांक नेपाल प्रहरीसँग छ ।

हराउनुमा एउटा कारण उमेरजन्य परिस्थितीको परिणाम देखिन्छ ।

त्यस्तै कतिपय महिलाले सामाजिक पहिचानका कारण पुनस्र्थापना हुन नसक्दा घर छाडेका छन् । मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला समाजको हेराई गलत हुँदा घर फर्किएका छैनन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *