राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं, पुस १३ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनभित्र दल दर्ता गर्न दलहरुलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा आयोगमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भइसकेको र राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न गरी संघीय संसद्को निर्माण गर्ने क्रममा निकट भविष्यमा नै हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको हो।

आयोगको निर्णयमा भनिएको छ, ‘नेपालको संविधानको धारा २६९ बमोजिम संवत् २०७४ साल असार मसान्तसम्म यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनको लागि नेपालको संविधानको धारा २७१ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ताको लागि पन्ध्र दिनभित्र निवेदन पेश गर्नु।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *