सिगास–१ र पाटन–९ मा एमाले विजयी

बैतडी, १६ असार । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार, दानबहादुर ऐरी र खुला सदस्यमा काँग्रेसका लालसिंह धामी विजयी भएका छन् ।

पाटन–९ मा एमाले विजयी

बैतडीको पाटन नगरपालिका वडा नं ९ को अध्यक्षमा एमालेका लोकेन्द्र भण्डारीको समूह विजयी भएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णसिंह भाटलाई १०५ मतअन्तरले पछि पार्दै भण्डारी विजयी हुनुभएको हो । विजयी भण्डारीले ३९० मत प्राप्त गरेका छन् । त्यस्तै महिला सदस्यमा सुनिता भट्ट, दलित महिला सदस्यमा सरु लुहार र सदस्यहरुमा इन्द्रसिंह बोहरा र रामसिंह भाट विजयी भएका छन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *