नेपालको छुर्पी अमेरिकी कुकुरको आहारा

काठमाडौं, पुस १३ । कुकुरको आहाराका लागि अमेरिकी नागरिकले विभिन्न देशबाट छुर्पी भित्र्याउने गरेका छन् । तर, नेपाली छुर्पी त्यहाँ पालिएका कुकुरले रुचाएपछि नेपाली छुर्पीले अमेरिकामा आफ्नै ब्रान्ड बनाउन थालेको छ ।

दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको इलाममा यसबाट बन्ने परिकारको माग पनि बर्सेनि बढ्दो छ । आजको गोरखापत्रमा राजु शिवाले लेखेका छन् ।

कुकुरको आहारका लागि छुर्पी अमेरिकासम्म निर्यात हुन थालेपछि भाउ पाएको नेपाली छुर्पीले माग धान्न सकिरहेको छैन ।

इलामका विभिन्न गाउँका गोठबाट छुर्पी संकलन गर्दै आएकी जमुना राईले यहाँको छुर्पी पोषिलो र स्वादीलो हुने गरेका कारण माग बर्सेनि बढिरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *