स्थानीय तहमा विजयी को कहाँ ?

काठमाडौं, असार १६ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणम आउनेक्रम जारी छ । शुक्रबार दिउँसो ३ बजेसम्म नेकपा एमालेले १३ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी, नेपाली कांग्रेसले ७ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ४ स्थानीय तहमा विजयी भएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाले एउटा स्थानीय तहमा जित दर्ता गरेको छ ।

पछिल्लो मतपरिणाम अनुसार दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर ओली र उपाध्यक्षमा माओवादी केन्द्रकै यमुना घर्ती विजयी भएका छन् । यस्तै, प्यूठानको मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाका अमरध्वज राना र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाकै सरिता जिसी विजयी भएका छन् । बझाङको दुर्गाथली गाउँपालिकाको अध्यक्षमा एमालेका प्रयागराज जोशी र उपाध्यक्षमा एमालेकै पार्वती जप्रेल विजयी भएका छन् । उता, रुकुमको पुथा–उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ओमप्रकाश घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रकै ओमकुमारी मल्ल विजयी भएका छन् ।

गुल्मीको गुल्मीदरबार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार थापा र उपाध्यक्षमा कांग्रेसकै मीना भण्डारी विजयी भएका छन् । यस्तै, दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा कांग्रेसका हंशराज भट्ट र उपप्रमुखमा कांग्रेसकै सुना बोहरा विजयी भएका छन् । यता, भोजपुरको रामप्रसाद राई गाउँपालिकाको अध्यक्षमा एमालेका विजय राई र उपाध्यक्षमा माओवादी केन्द्रकी सम्झना राई विजयी भएका छन् ।

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको अध्यक्षमा एमालेका राजन छक्लुङ र उपाध्यक्षमा एमालेकै कौशिला छक्लुङ विजयी भएका छन् । बाजुराको गौमूल गाउँपालिकाको अध्यक्षमा एमालेका हरि रोका विजयी भएका छन् । बाजुराको बडीमालिका नगरपालिका प्रमुखमा कांग्रेसका पदमबहादुर बडुवाल र उपप्रमुखमा कांग्रेसकै कविता विष्ट विजयी भएका छन् । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका सागर किराती र उपाध्यक्षमा कांग्रेसकी विपना कुलुङ विजयी भएका छन् । सोलुखुम्बुकै दूधकोशी गाउँपालिकाको अध्यक्षमा भने एमालेका बुद्धिकिरण राई र उपाध्यक्षमा एमालेकै जुनिता मगर विजयी भएका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका विश्वेश्वरप्रसाद ओझा विजयी भएका छन् । उपप्रमुखमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका भुवनेश्वर उपाध्याय विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै गंगुदेवी कठायत विजयी भएकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका गोरखबहादुर चन्द विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै विना भट्ट विजयी भएकी छन् ।

बाजुराको छेडेदह गाउँपालिकाको अध्यक्षमा कांग्रेसका नरबहादुर राउत विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै कुन्ती बुढा साउद विजयी भएकी छन् । खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेको शंकर राई विजयी भएका छन् । उपाध्यक्षमा पनि एमालेकै विमला राई विजयी भएकी छन् । संखुवासभाको सिलिचोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका रामकुमार कुलुङ विजयी भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै रामकुमारी राई विजयी भएकी छन् । संखुवासभाकै चिचिला गाउँपालिकाको अध्यक्षमा कांग्रेसका पासाङ नोर्बु शेर्पा विजयी भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई विजयी भएकी छन् ।

बाजुराको पाण्डवगुफा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कालीबहादुर शाही विजयी भएका छन् । गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी ऐना गिरी विजयी भएकी छन् । बझाङको मस्टा गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत विजयी भएका छन् भने उपाध्यक्षमा पनि एमालेकै भगवती बोहरा विजयी भएकी छन् । यस्तै, बझाङको काँडागाउँ गाउँपालिकामा कांग्रेस उम्मेदवारहरु विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा राजेन्द्र धामी र उपाध्यक्षमा कल्पना धामी विजयी भएका भएका हुन् ।

यता, सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । सो गाउँपालिकाको अध्यक्षमा डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा शर्मिला बस्नेत विजयी भएका हुन् । प्रदेश नम्बर–१,५ र ७ का ३५ जिल्लाअन्तर्गत् ३३४ स्थानीय तहमा बुधबार भएको निर्वाचनको मतगणना जारी रहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *