चार दिनपछि ओलीको कौशीमा चिया पिएर खुसी हुँदै प्रचण्ड बाहिरिए

काठमाडौं, पुष १२ । ‘तपाईं र मेरो ४ दिन ग्याप हुँदा अनेकन कुरा काटिएछ ’ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच शुक्रबार कुराकानीको थालनी यहीँबाट भयो । र, दुवै जना तीन वटा विषयमाथि घनीभूत छलफलमा जुटे । प्रचण्डको ४ दिने चितवन बसाईंका कारण एमाले–माओवादी सम्बन्धमाथि आशंका केही नगर्न भेटवार्ता पछि दुवैले कार्यकर्ता लगायत सबैलाई सुल्झाए ।

ओली निवास बालकोटमा रहेको घरको कौशीमा आज अध्यक्षद्वयबिच ‘वान टु वान’ वार्ता भएपनि यो कुराकानीको उद्देश्य चाहीँ अति गोप्यता नै राखिएको एमालेका एक जना नेताले बताए । दुवै नेताबीचको यो ‘वान टु वान’ वार्ता दोस्रो पटक भएको हो । तर, गोप्य भेटवार्ता भएपनि छिमेकीले देखिने गरी दुवै नेताले घरको कौशीमा बसेर ‘वान टु वान’ बात मारे । दुबै नेता पहिलो तल्लाको कौसीमा गए र घाम तापेर चिया पिउँदै सवाँ घण्टा गफिए। त्यसपछि खुसीका साथ ओली निवासबाट प्रचण्ड निस्किए ।

उनीहरुबिच मूलतः तीन विषयमा घनीभूत छलफल चलेको थियो । पार्टी एकता, सरकार गठन, राष्ट्रिय सभा अध्यादेशबारेमा । प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार ‘दुई अध्यक्ष बीच राजनीतिक वातावरण सहज बनाएर पार्टी एकतालाई अघि बढाउने समझदारी भएको छ। १–२ दिनमै संयोजन समितिको बैठक बोलाएर पार्टी एकताको प्रक्रिया अघि बढाउने पनि प्रचण्ड र ओलीबीच समझदारी भएको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *