धनकुटामा दुई महिना अघि भेटिएको संकास्पद वेवारिसे शवको सनाखत अझै भएन

रबिन कटेल

पुस ११, धनकुटा । धनकुटा नगरपालिका–९ च्याङच्याङबारीमा दुई महिना अघि शंकास्पद अवस्थामा भेटिएको वेवारिसे शवको अझै सनाखत हुँन सकेको छैन । शरीरमा चोटपटक लागेको र वरिपरि रगत तलपतिएको अवस्थामा गत कात्तिक २५ गते सडकको नालिमा करिब ३० बर्षीया युवातीको वेवारिसे शव फेला परेको थियो ।

घटनास्थल र लासको प्रकृतिका आधारमा हत्या गरेर फलिएको हुँनसक्ने प्रहरीको प्रारभ्मिक अनुसन्धानले देखायो । तर, फेला परेको दुई महिना बित्न लाग्दा पनि शवको विषयमा कुनै अत्तो–पत्तो लाग्न सकेको छैन ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताएपनि अझैसम्म घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् । ‘घटनाको विषयमा अनुसन्धान भइरहेको छ, निर्वाचनले गर्दा केही ढिलाइ भएको मात्रै हो ।’ प्रहरी प्रमुख सुदिप राजभण्डारीले संगालोकर्मीसँग भने ‘घटनामा संलग्न मान्छे अव चाडै पक्राउ पर्छन ।’ शवको पोस्टमार्टम पश्चात् अनुसन्धानका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा भिसेरा पठाइएको प्रहरीले जनाएको छ ।

दुई महिना बित्न लाग्दासम्म पनि शवको शनाखतसमेत हुँन नसक्नुले प्रहरीको अनुसन्धान फितलो भएको जनगुनासो छ । मानवअधिकारकर्मी सन्तोष रुचालले प्रहरीको हेलचेक्राईका कारण अनुसन्धान फितलो भएर घटनाको विषयमा कुनै पत्ता लाग्न नसकेको आरोप लगाए । विगत ६ वर्ष पहिले पनि धनकुटा–७ चुलिबनमा एक महिलाको वेवारिसे शव फेला परेको थियो । उनको पनि हालसम्म सनाखतसमेत हुन सकेको छैन । प्रहरीले गंभीरतापूर्वक अनुसन्धान गरेर घटनामा संलग्न दोषीलाई कारबाहीको दायरामा ल्याउँनुपर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *