एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउन सफल भए ह्यारी केन

काठमाडौं, पुस १२ । इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपरले साउथह्याम्पटनलाई ५-२ ले हराउँदा केनले ह्याट्रिक गरे ।

यो समेत उनले वर्ष २०१७ मा कुल ३९ लिग गोल गरेका छन् । यसअघि यो कीर्तिमान अलान सिएररको नाममा थियो । सिएररले सन् १९९५ मा ३६ लिग गोल गरेका थिए । प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका अन्य खेलमा चेल्सीले ब्राईटनलाई २-० ले हराउँदा लिभरपुलले स्वान्सी सिटीमाथि ५-० को जित निकाल्यो ।

यसैगरी वाट्फोर्डले लेष्टर सिटीलाई २-१ ले हरायो । बर्नमाउथ र वेष्ट ह्यामले ३-३ गोलको बराबरी खेल्दा म्यान्चेस्टर युनाईटेड र बर्न्लेले २-२ गोल, हडर्सफिल्ड टाउन र स्टोक सिटीले १-१ गोल तथा वेष्ट ब्रोम र एभर्टनले गोलरहित बराबरी खेलेका छन् ।

प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर सिटीले न्युकासल युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *