दोस्रो चरणको निर्वाचनको ताजा मत परिणाम

असार १६, काठमाडौं । दोस्रो चरणको निर्वाचन भएका ३१० तहको नतिजा सार्वजनिक हुँदा एमालेले ८ ठाउँमा विजयी तथा ११६ स्थानमा अग्रता लिएको छ।

त्यस्तै, दोस्रो स्थानमा रहेको कांग्रेसले ६ स्थानमा जित हासिल गरेको छ भने ११४ स्थानमा अग्रता लिइरहेको छ । अधिकांश ठाउँमा एमाले र कांग्रेसबीच तिब्र प्रतिस्पर्धा भइरहेकाले अग्रता अगाडि पछाडि भइरहेको छ ।

त्यसैगरी २ स्थानमा विजयी भएको माओवादी केन्द्रले थप ४४ तहमा अग्रता लिएको छ । फोरम लोकतान्त्रिकले ७ स्थानमा अग्रता कामय राखेको छ भने राप्रपाले पनि नेपालगञ्ज उपमहानगरपालिका सहित ५ तहमा अग्रता लिएको छ । यता संघीय समाजबादीले ५ स्थानमा अग्रता लिएको छ भने जनमोर्चाले १ तथा स्वतन्त्र उमेदावरले १ स्थानमा अग्रता लिएको छ । प्रदेश नं १ मा एमालेले ५९ तथा कांग्रेसले ५२ तहमा अग्रता लिइरहेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ११ तहमा अग्रता लिएको छ । त्यस्तै राप्रपा र संघीय समाजवादीले २/२ स्थानमा अग्रता लिएको छ ।

प्रदेश नं ५ मा कांग्रेसले ३३, एमालेले ३९ र माओवादी केन्द्रले १७ तथा संघीय समाजवादी फोरमले ३ तथा फोरम लोकतान्त्रिकले ३ स्थानमा अग्रता लिएको छ । नेपालगञ्जसहित २ स्थानमा राप्रपाले पनि अग्रता लिइरहेको छ । प्रदेश नं ७ मा कांग्रेसले ३० तह, एमालेले १९ र माओवादी केन्द्रले १६ स्थानमा अग्रता लिएको छ । त्यसैगरी फोरम लोकतान्त्रिकले टिकापुर नगरपालिकासहित ४ स्थानमा अग्रता लिएको छ । राप्रपाले पनि १ स्थानमा अग्रता लिइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *