सशस्त्रको मुख्यालयमा आगो लगाउने प्रहरी हवल्दार पक्राउ

काठमाडौं, पुस ११ । सशस्त्र प्रहरीका हवल्दार रामकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । हलचोकस्थित मुख्यालयमा गत सोमबार राति भएको आगलागीमा श्रेष्ठको संलग्नता रहेको महानगरीय प्रहरी अपराध महाशाखाको अनुसन्धानमा देखिएपछि उनलाई काठमाडौं परिसरले पक्राउ गरेको हो ।

सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनमा रहेको कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले निभाइएको थियो । सशस्त्रले कागजात, पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा लागेको आगो शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

यस्तै गृहमन्त्रालयले पनि सहसचिव कृष्ण राउतको संयोजकत्वमा नेपाल प्रहरीका डिआईजी गणेश केसी सदस्य रहेको छानबिन समिति बनाएको थियो।

प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले घटनास्थलको मुचुल्का तयार पार्दै  आगलागी भएको कोठाबाट बिजुलीको तार र पावर सकेट परीक्षणका लागि संकलन गरेको थियो । सशस्त्रको खेल मैदानसँगै रहेको प्याराफिट भवनस्थित कोठामा राति करिब १ बजेतिर लागेको आगो दुइटा दमकलको सहायताले निभाइएको थियो ।

सशस्त्रका प्रवक्ता बाबुराम पाण्डेका अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो । प्रारम्भिक अध्ययनमा स्टोरभित्र रहेको फ्रिज खुला अवस्थामा रहेको र त्यसैबाट बिजुली सर्ट भएर आगो लागेको आशंका गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *