महानगरमा विवाद चुलियो, रानीपोखरीमा उममेयरले लगाएको ताला मेयरले फोडे

काठमाडौं, पुस ११ । रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीचको विवाद चुलिएको छ ।

मौलिक स्वरुप समाप्त गरेर रानीपोखरीको पुनर्निर्माण भैरहेको भन्दै संरक्षणकर्मी र उपमेयर खड्गीले लगाएको ताला मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेपछि विवाद झनै चुलिएको हो ।

बिहान स्थानियबासिन्दा, संरक्षणकर्मी र उपमेयर हरिप्रभा खड्गीसहितको टोलीले लगाएको ताला महानगरपालिकाका मेयर शाक्यले नगर प्रहरी लगाएर फोडेको स्थानीयबासी तथा सम्पदा अभियन्ता आलोक तुलाधरले जानकारी दिए ।

अहिले मेयर शाक्यले रानीपोखरीमा यसबारेमा स्थानीयबासीसँग छलफल गरिरहेका छन् । भूकम्पले भत्काएको रानीपोखरी पुनर्निर्माणको क्रममा कंक्रिट प्रयोग भएकोमा आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − thirteen =