हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

हङकङ । एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ, यसैमा हङकङको आर्थिक तथा राष्ट्रिय विकास सम्भव छ ।

भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनमको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राख्नुभएको हो । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा भियतनामको दूताबासमा यस्तो समारोहको आयोजना गरिएको हो । सो अवसरमा हङकङमा पनि विशेष कार्यक्रमको आयोजना भएको छ । सो कार्यक्रममा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सि चिनफिङ बिहीबार नै हङकङ पुग्नुभएको छ ।


हिजो नै राष्ट्रपति चिनफिङले विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैँ सहयोग गर्ने बताउनु भएको थियो । उहाँले पछिल्लो समयमा हङकङले एक राष्ट्र र दुई व्यवस्थामा आधारित नीतिका कारण देशको बिकास र प्रशासन सञ्चालनमा राम्रो गरेको बताउनुभएको थियो । उहाँले भन्नुभयो– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङको विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधै सहयोग गर्नेछ ।

राजदूत योङले पनि आज राष्ट्रपति चिनफिङको सोही अभिव्यक्ति दोहो¥याउनु भएको हो । विशेष प्रशासित क्षेत्रका रुपमा पछिल्लो समयमा हङकङको आर्थिक र सामाजिक उन्नति भइरहेको छ, यो पनि चीनकै एक सरकार नीतिका कारण हो– उहाँले भन्नुभयो । रासस/ सिन्ह्वा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *