अपांग युवतीलाई खेदी खेदी बलात्कृत गरिएको घटनालाई प्रहरीले सामसुम पार्यो ( भिडियोसहित)

धरान, पुष १०। धनकुटामा गत शुक्रबार एक अपांगता भएकी युवती सामुहिक बलात्कारको शिकार भएकी छिन् । जिल्लाको पाख्रीबास नगरपालिका स्थित एक गाउँकी बोल्न नसक्ने अपांगता भएकी ३० बर्षिया राधा तामाङ् (नाम परिवर्तन) बलात्कृत भएकी हुन् ।

 

शुक्रबार राती गाउँकै आफन्तहरु टेके तामाङ्ग र भाईजा तामाङ्गले आफ्नी छोरीलाई बलात्कार गरेको पीडितकी ६० बर्षिया आमाले बताईन् । उनले पाख्रिबास नगरपालिका प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय धनकुटामा उजुरी दिएपनि आफूहरुलाई आईतबार जबरजस्ति मिलाए घर पठाएको पिडितकी आमाले बताईन् ।

आफूहरुलाई एक्लो बनाएर जबरजस्ति मिलाएकोले पिंडककी आमाले फेरी कारवाहीको माग गरिन् । ‘खेदी–खेदी मेरो छोरीलाई जसरी नराम्रो गरे त्यस्तै कारवाही होस् भन्छु म’–उनले भनिन् । टेके करिव १७ बर्षको अबिवाहित र भाईजा ४ सन्तानको बुवा भएको उनले जानकारी दिईन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

https://youtu.be/nmorjSq_UKU

आफन्तकोमा गएर आउने क्रममा एक्लै भएपछि छोरीलाई टर्चलाईट लिएर आउन खबर गरेको र छोरीले लाईट लिएर आउने क्रममा उनी बलात्कारमा परेको तामाङ्गले बताईन् । यस बिषयमा उक्त क्षेत्रबाट जिल्ला समन्वय समितिका आयुष्मा गहतराजले जिल्ला प्रहरी कार्यालयमा कसैलाई प्रवेश गर्न नदिई घटना मिलान गरेको जानकारी दिईन् ।

उनले भनिन्–‘हामी पुनः कार्वाहीको माग गर्ने छौं ।’यस बिषयमा जिल्ला प्रहरी कार्यालयका एसपी सुदिपराज भण्डारीले भने कुटपिटको उजुरी परेकोले उनीहरु आफैं मिलेर गएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *