काठमाडौँको इपीएल यात्रा समाप्त

काठमाडौँ, पुस १० । काठमाडौँ किङ्गस् ११ एभरेष्ट प्रिमियर लिग क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ । आज विराटनगर वारियर्ससँग ८ रनले पराजित भएसंगै काठमाडौँको यात्रा सकिएको हो । लिगका सबै ५ खेलमा काठमाडौँले एकमा मात्र जित हात पार्न सक्यो ।

६ वटा टिममध्ये ४ वटा टिम क्वालिफायर राउन्डमा पुग्नेछन् । यसअघि नै क्वालिफायरमा पुगिसकेको विराटनगरले सबै खेल जितेर समूह विजेता बन्ने निश्चित गरेको छ । अन्य तीन टिमको टुङ्खो लाग्न बाँकी छ ।

यसैबिच, भैरहवा ग्ल्याडिएटर्स एभरेष्ट प्रिमियर लिग क्रिकेटको क्वालिफायर्स चरणमा प्रवेश गरेको छ । लिग चरणको चौथो खेलमा पोखरा राहिनोजमाथि ७ विकेटको जित हासिल गरेपछि भैरहवाको लिगमा ६ अङ्क भएको छ । यसले क्वालिफायरमा स्थान बनाएको छ ।

लिगको शीर्ष स्थानमा रहँदै पारस खड्काको टोली विराटनगर वारियर्स यसअघि नै क्वालिफायर्समा पुगिसकेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पोखराले दिएको १०९ रनको सामान्य लक्ष्य भैरहवाले ३ विकेट गुमाएर १७.४ ओभरमा पूरा गर्‍यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले १८.३ ओभरमा अलआउट हुँदै १०८ रन बनाएको थियो । सुरुवाल सन्तोषजनक रहे पनि पोखराका मध्यक्रमका ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन ।

प्रतियोगिताको लिग चरण अन्तर्गत भोलि हुने अन्तिम दुई खेलमा भैरहवाले चितवन टाइगर्स र पोखराले ललितपुर प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । यी खेलले ईपीएलको क्वालिफायर्समा पुग्ने अन्य दुई खेलको टुंगो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *