क्यान महासंघको अध्यक्षमा चौरासिया सर्वसम्मत

काठमाडौं,पुस १० । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यान महासंघ)को कार्यकारी अध्यक्षमा हेमन्त कुमार चौरासिया सर्वसम्वतले निर्वाचित भएका छन् ।

पुस ८ गते सम्पन्न भएको महासंघको २४ औं वार्षिक साधारण सभा तथा महाधिवेशनले चौरासियालाई निर्वाचित गरेको हो । उनले प्रथम उपाध्यक्षमा रहेर काम गरिसकेका छन् । महाधिवेशनमा विभिन्न ३३ जिल्लाका प्रतिनिधिहरु सहभागी रहेका थिए ।

महासंघको उपाध्यक्षमा विश्वरामबलामी (संस्थागत), सुनैना घिमिरे पाण्डे, (महिला), रोमकान्त पाण्डे (व्यक्तिगत) र नवराज कुँवर (जिल्ला अन्तर्गत) निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा रञ्जितकुमार पोदार निर्विरोध निर्वाचित भएका छन् ।

महासंघको नयाँ कार्यसमितिको पदाधिकारीअन्तर्गत सचिवमा जिल्ला अन्तर्गत जगनबहादुर गुरुङ, थप सचिव पदमा केन्द्रीय कार्यसमिति सदस्यहरुको मतदानबाट डा.पवनकुमार शर्मा (व्यक्तिगत) र नारायणबहादुर थापा (संस्थागत) निर्वाचित भए ।

कोषाध्यक्षमा खुशल रेग्मी र सहकोषाध्यक्षमा शेखरनाथ दुलाल निर्विरोध निर्वाचित भएका छन् । क्यान महासंघको केन्द्रीय सदस्यहरुमा व्यक्तिगत, संस्थागत, विषयगत र जिल्ला शाखाबाट सम्पुर्ण कार्यसमिति सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

नव निर्वाचित अध्यक्ष चौरासियाले क्यान महासंघलाई एकताबद्ध र अझ पारदर्शी संगठन निर्माण गर्ने प्रतिवद्धता बताए । कम्प्युटर एशोसिएन नेपाल महासंघ (क्यानमहासंघ) नेपालको आइसिटी क्षेत्रको पुरानो र ठुलो साझा संस्था हो । सन् १९९२ मा स्थापना भएको क्यान सन् २०१५ मा क्यान महासंघमा परिणत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *