सांसदहरुले मुख खोल्दा हरिप्रभाले भनिन्,‘मलाई मेयर शाक्यले सहभागी हुन दिनु भएन’

काठमाडौं,पुष १० । काठमाडौंका सांसदहरुले रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट राख्न दिने महानगरपालिकाको निर्णयप्रति आपत्ति जनाएका छन ।

काँग्रेसबाट काठमाडौंबाट प्रतिनिधिसभामा निर्वाचित सांसदद्धय भीमसेनदास प्रधान र गगन थापाले रानी पोखरीको निर्माणमा कंक्रिट राख्ने महानगरपालिकाको निर्णय सम्पदा मास्ने नियतले ल्याइएको भन्दै आपत्ति जनाए ।

यता,रक्षामन्त्री समेत रहेका भिमसेनदास प्रधानले रानीपोखरीमा कंक्रिट राखेर निर्माण नगर्न महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको गम्भिर ध्यानाकर्षण गराए । उनले काठमाडौंको सम्पदा नै मासिने गरी कंक्रिट राख्ने काम भएकाले यसलाई तत्काल रोक्ने काममा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

काँग्रेस नेता एवम् सांसद गगन थापाले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण कार्य नगर्न काठमाडौं महानगरपालिकाका मेयर शाक्यले चालेको कदम गलत भएको भन्दै महानगरपालिकालाई जथाभावी काम गर्ने अधिकार नभएको पनि स्पष्ट पारे ।

पुरातत्ववीद् सुर्दशनराज तिवारीले रानीपोखरीमा कंक्रिट राखेर पुनर्निर्माण गर्ने काम कानुनी रुपमा पनि लगत रहेको दावी गरे । उनले काठमाडौं महानगरपालिकाको सम्पदा मास्ने काममा महानगरपालिका लागि परेको भन्दै रोक्न सबैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औल्याए । यससँगै काँग्रेसबाट निर्वाचित काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले भने रानी पोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गर्न नदिने बताइन् । उनले रानीपोखरीको पुनर्निर्माण सम्बन्धि छलफलमा आफूलाई मेयर शाक्यले भाग लिने अवसर समेत नदिएको गुनासो पनि व्यक्त गरिन् ।

हाल १० करोड लागतमा निर्माण गर्न लागिएको रानीपोखरीको कंक्रिट संरचनाले सम्पदाको प्रविधि, संस्कृति र ईतिहास नै मासिने सरोकारवालाहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *