मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दहमा डुबेर महिलाको मृत्यु

दाङ, १६ असार । घोराही उपमहानगरपालिका– १३ मा रहेको बाह्रकुने दहमा डुबेर एक महिलाको मृत्यु भएको छ । सो दहमा खुट्टा सफा गर्न लाग्दा लडेर डुबी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक निर्मल खत्रीले जानकारी दिनुभयो ।

पहिचान हुनसकेको मृतक महिलाको शव परीक्षणका लागि राप्ती उपक्षेत्रीय अस्पताल ल्याएको छ । रासस”

प्रतिकृयाहरु
Loading...