छेडेदह गाउँपालिकामा कांग्रेस विजयी

बाजुरा, १६ असार । छेडेदह गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष एवम् पाँच वटा वडा अध्यक्षमा नेपाली कांग्रेसको समूह विजयी भएको छ । सो गाउँपालिकाका अध्यक्षमा कांग्रेसका नरबहादुर रावतले तीन हजार ७०५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर ओलीले तीन हजार १०० मत प्राप्त गर्नुभयो ।

यसैगरी उपाध्यक्षमा कांग्रेसकै कुन्ती साउदले तीन हजार ६७१ मत प्राप्त गरी विजयी हुनुभयो । भने, उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा शाहीले तीन हजार १२५ मत प्राप्त गर्नुभएको थियो । छेडेदह गाउँपालिकामा काँग्रेसले पाँच वडामा विजय हासिल गरेको छ भने एमालेले दुई वडामा विजयी भएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिनुभयो ।

बूढीनन्दा नगरपालिका–३ मा कांग्रेस विजयी

त्यस्तै बूढीनन्दा नगरपालिका–३ मा नेपाली कांग्रेसको समूह विजयी भएको छ । वडाध्यक्षमा कांग्रेसका रामबहादुर बोहराले ५०७ मत प्राप्त गरी विजयी हुनुभएको हो । भने, उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मनबहादुर रोकायाले ४५३ मत प्राप्त गर्नुभयो । यसैगरी वडा सदस्यमा कांग्रेसका कपुर विक, गगनबहादुर रोकाया, अम्बिका बोहरा र रिउली ल्वार विजयी भएको निर्वाचन अधिकृत नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *