नेपालगन्ज-१ मा एमाले विजयी

असार १६, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ मा एमाले वडाध्यक्ष सहित बहुमत पदमा विजयी हुँदा मेयर उम्मेदवार भने चौथो स्थानमा सीमित भएका छन् ।

एमालेको राम्रो पकड भनिएको उक्त वडामा प्रमोद रिजाल ८ सय १८ मतसहित वडाध्यक्षमा विजयी भए । उक्त वडाबाट एमालेका मेयर उम्मेदवार समसुद्धिन सिद्धिकीले भने ४ सय ४० मत ल्याएर चौथो भए । राप्रपाका धवलशमशेर राणाले ९ सय ३३, कांग्रेसका सुरेशकुमार कनोडियाले ४ सय ३७ र माओवादी केन्द्रका दामोदर आचार्यले १२ सय ६६ मत ल्याए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो परिणाम अनुसार राप्रपाका राणाले आफ्नो अग्रता कायमै राखेका छन् । १ हजार ५ सय ५६ मतसहित उनी पहिलो स्थानमा छन् । कांग्रेसका कनोडियाले ७ सय ५३ मत ल्याएर उनलाई पछ्याइरहेका छन् । तेस्रो स्थानमा माओवादी केन्द्रका आचार्य (६८१) र चौथोमा एमालेका सिद्धिकी (६५१) छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *