चितवन उवासंघको नेतृत्वमा तीनजना आकांक्षी, कसले मार्ला बाजी ?

पुस ९, भरतपुर । उद्योग वाणिज्य संघ चितवनले ५१ औं वार्षिक साधारण सभा तथा अधिवेशनको तयारी सुरू गरेको छ । यही पुस २९ र ३० गते हुने साधारण सभा तथा अधिवेशनको तयारी दु्रत गतिमा अगाडि बढेको संघका अध्यक्ष राजन गौतमले जानकारी दिए ।

अधिवेशनले ३ मनोनितसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । यतिबेला चितवनको चुनावी सरगर्मी बढ्दो छ ।पुस २९ गते बिहान उद्घाटन सत्र र साँझ बन्द सत्र हुनेछ । ३० गते उवासंघको नेतृत्वसहित पदाधिकारी छनौटको लागि निर्वाचन हुनेछ । यसको तयारीमा उवासंघ चितवन यतिबेला घनिभूत रुपमा जुटेको छ ।

उद्योगी व्यवसायीहरुलाई चुनावी सरगर्मीले छोइसकेको छ । नेतृत्वमा उठ्नेहरुले घरदैलो तथा व्यवसायीसँग छलफल गर्न थालिसकेका छन् । कार्यसमितिको अन्य पदहरुमा उठ्नेहरु अहिले सार्वजनिक भइसकेका छैनन् ।उद्योग वाणिज्य संघको नेतृत्व लिन तीन जना व्यवसायीहरुले आकांक्षी देखाएका छन् । नेतृत्वमा आकांक्षी देखाउनेहरुमा हालका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ, पूर्ववरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र हालका तृतीय उपाध्यक्ष विष्णुप्रसाद कँडेल रहेका छन् । तीनै जनाले उवासंघ चितवनका अध्यक्षमा उठेर जित्ने दाबी गरेका छन् । यतिबेला तीन जना आकांक्षीहरु व्यवसायीहरुको छलफलमा जुटेका छन् ।

को हुन् राजु श्रेष्ठ ?

राजु श्रेष्ठ उद्योग वाणिज्य संघको हालका वरिष्ठ उपाध्यक्ष हुन् । उनी चितवनमा विशेष गरी होटल व्यवसायीको रुपमा चिनिन्छन् । २०६४ सालबाट उनी उवासंघको कार्यसमितिमा जोडिएका युवा उद्यमी हुन् । २०६४ सालमा उनी पहिलो पटक उवासंघको कार्यसमिति सदस्य थिए । उनीसँग दुई पटक कार्यसमिति सदस्य भएर काम गरेको अनुभव छ । एक कार्यकाल उनी तृतीय उपाध्यक्षसमेत भएका थिए । एक कार्यकाल प्रथम उपाध्यक्षमा निर्वा्चित भए ।‘२०६४ सालदेखि निरन्तर व्यवसायीको हितमा लागेको छु, व्यवसायीहरुको समस्या हल गर्न ५ मिनेटमै ठाउँमा पुग्छु’ अध्यक्षका दावेदार श्रेष्ठले भने, ‘लायन्सचोकको सव्जीमण्डीको समस्या हल गर्न होस् या लक्ष्मीनारायण बस्त्रालयको समस्या समाधान गर्न होस् म निरञ्न्तर लागेको छ ।’ उनले आफ्नो लामो समयको योगदानले व्यवसायीहरुले नेतृत्वमा चुन्ने दाबीसमेत गरेका थिए ।

को हुन् सहनलाल प्रधान ?

सहनलाल प्रधान उवासंघ चितवनको पूर्ववरिष्ठ उपाध्यक्ष हुन् । उवासंघको यसअघिको अधिवेशनमा सहनलाल प्रधान अध्यक्षमा उठेर पराजित भएका हुन् । उनी सञ्चार उद्यमीको रुपमा चिनिन्छन् । २०६२ सालमा कार्यसमिति सदस्य बनेका प्रधान दुई पटकसम्म तृतीय उपाध्यक्ष भएका थिए । ०६४ सालमा र ०६६ सालमा उनी तृतीय उपाध्यक्ष भएका थिए । उनी ०६८ सालमा प्रथम उपाध्यक्ष भए । ०७० सालमा वरिष्ठ उपाध्यक्ष भए ।‘एक दशकभन्दा बढी समय व्यवसायीको हकहितमा लागें । म नेतृत्वमा पुगेर काम गर्ने अवसर पाएको छैन । मलाई व्यवसायीहरुले नेतृत्वमा पुगेर काम गर्न भनेका छन्’ सहन प्रधानले भने, ‘नारायणी नदी किनारमा सोलार बत्ती जडान गर्दा म संयोजक भएर काम गरेको थिएँ । वस्तुगत संघ र उवासंघको सम्बन्धलाई सुमधुर बनाएको थिएँ । सुन्दर बजार बनाउन मैले भूमिका निभाएको थिएँ ।’ उनले आफ्नो लामो अनुभव नेतृत्वमा पुगेर देखाउन नपाएको हुँदा व्यवसायीहरुले नेतृत्वमा पुर्याउने दाबी गरे ।

को हुन् विष्णुप्रसाद कँडेल ?

विष्णुप्रसाद कँडेल उवासंघ चितवनका हालका तृतीय उपाध्यक्ष हुन् । उनी चितवनका विद्युतीय सामग्रीका चलेका व्यवसायी हुन् । उनी सञ्जु ग्रुपका सञ्चालकसमेत हुन् । उनीसँग दुई कार्यकाल कार्यसमिति सदस्य भइसकेको अनुभव छ । उवासंघको हरेक कार्यक्रममा उनको सक्रिय भूमिका देखिएको छ । उनले आफ्नो कार्यकालमा वस्तुगत संघलाई मजबुद बनाएका थिए । उनी सहमति सहकार्य र परिवर्तनको निरन्तरमा आफू रहेको बताउँछन् । ‘विष्णुप्रसादले छोड्यो भन्ने हल्ला छ, म बजारमा आएको हल्लाको पछि लाग्दिनँ । मैले पनि नेतृत्वको दाबी छोडेको छैन’ उनले भने, ‘गएको चुनावदेखि नै रोलक्रम तोड्ने परिपाटी बसेको छ ।’ उनले आफूलाई व्यवसायीहरुले नेतृत्वमा पुर्याउने दाबी गरे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *