अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिलाई मधेशवादी दलको ‘सुझाव’

२०७४ जेठ १५ गते

“
पुस ९, काठमाडौं । मधेशवादी दलहरुले राष्ट्रिय सभा अध्यादेश प्रमाणिकरण गर्न राष्ट्रपतिलाई सुझाव दिएका छन् । आइतवार विहान शीतल निवास पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण गर्न आग्रह गरेका हुन् ।
राष्ट्रपति भण्डारीले आइतवार विहान अध्यादेशका सम्बन्धमा राय लिन यादवलाई शीतल निवास बोलाएकी थिइन् । राष्ट्रपतिसँगको भेटमा फोरम अध्यक्ष यादवले राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार गठनको बाटो खुल्ने भएकाले अध्यादेश प्रमाणीकरण गर्न सुझाव दिए ।
राष्ट्रिपतिले अध्यादेश प्रमाणीकरण नगरे गलत सन्देश जाने यादवको भनाइ थियो । जवाफ राष्ट्रपति भण्डारीले सबै आफूले सबै दलहरुबीच सहमति होस् भन्ने आफ्नो चाहना रहेको बताएकी थिइन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया