चीनमा थर्मल प्लान्ट विष्फोट हुँदा चार जनाको मृत्यु

पुस ८ चीन। चीनको पूर्वी क्षेत्रमा रहेको झेजियाङ प्रान्तमा रहेको एक ‘थर्मल पावर प्लान्ट’मा शनिबार विष्फोट हुँदा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । घटनामा पाँच जना घाइते भएका बताइएको छ ।

जियासिङ शहरको सिनफेङ क्षेत्रमा शनिबार मध्यान्न १ः४७ मा भएको उक्त दुर्घटनामा नौ जना घाइते भएपछि तत्कालै उनीहरूलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । विस्फोटमा सख्त घाइते चार जनाको उपचारका क्रममा निधन भएको अन्य पाँच जनाको उपचार भइरहेको प्रहरीले अस्पताल स्रोतलाई उद्धृत गरी जनाएकोे छ ।

प्रहरीले घटनामा सम्लग्न रहेको आशङ्कामा केही जनालाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *