पहिरोले सडक अवरुद्ध

चितवन, १६ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

नौ बजेर ४० मिनेट जाँदा गएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रु रोकिएका छन् । पहिरो पन्छाउने कार्य दुवैतर्फबाट भइरहेको र करिब तीन घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *