विराटनगरमा कांग्रेसको अग्रता कायम

असार १६, विराटनगर । विराटनगर महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । कांग्रेसका मेयर पदका उम्मेदवारले पछिल्लो मत परिमाणमा पनि अग्रता कायमै राखेको छन् । भर्खर सार्वजनिक गरिएको मत परिणाम अनुसार कांग्रेसका मेयर उम्मेदवार भीम पराजुलीले २ सय १६ मत प्राप्त गरेका छन् । भने, एमालेका मेयर उम्मेदवार विनोद ढकालले १ सय ५२ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कांग्रेसकी इन्दिरा कार्कीले १ सय ७१ मत ल्याउदा नेपाल लोकतान्त्रिक फोरमकी सुचि चौधरीले ८५ र माओवादी केन्द्रकी उपमेयर उम्मेदवार नमिता न्यौपानेले ७६ मत प्राप्त गरेकी छन्। १ नम्बर वडाको हालसम्मको मतगणनामा संघिय समाजवादी फोरमका मेयर उम्मेदवार उमेश यादवले १३ मत र राप्रपाका प्रल्हाद साहले १२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर १ को मतगणना अहिले भइरहेको छ । विराटनगर महानगरपालिकामा १९ वटा वडा छन् । मतगणना सुस्त र अव्यवस्थित किसिमले भइरहेको छ । थप स्थानमा अरु वडाको मतगणना गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *