प्रदेशकाे राजधानी छनाैटः द्वन्द्व निम्त्याउने वीउ


“
संविधान बमोजिम संधीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य संरचना अनुरूप नेपालमा पहिचान र सामथ्र्यको आधारमा सात वटा प्रदेश निर्माण भई ती प्रदेशको गत मङ्सिर १० र २१ गते निर्वाचन पनि सम्पन्न भई सकेको छ । निर्वाचन सम्पन्न भई सक्दा पनि प्रदेश सभा कहाँ–कहाँ बस्ने भन्ने बारे अझै टुंगो लागेको छैन । जबकि प्रदेशको निर्वाचन भए पछि ३० दिन भित्रमा प्रदेश सभा वस्नुपर्ने व्यवस्था छ ।
नेपालको संविधान अनुसार प्रदेश सभाको सरचनालाई हेर्दा प्रदेश प्रमुख (राष्टपति सरह) राजनीतिक नियुक्त हुन्छ । प्रत्येक प्रदेशमा एक एक मुख्य मन्त्री –प्रधानमन्त्री सरह प्रत्येक प्रदेशमा एक एक सभामुख, एक एक उपसभामुख रहने व्यवस्था छ । त्यसै गरी प्रत्यक्षमा ३३० जना (६०)प्रतिशत र समानुपातिकमा २२०(४० प्रतिशत) गरी प्रदेश सभामा जम्म ५५० जना सासद हुन्छन् । प्रत्येक प्रदेशको कुल सासदको २० प्रतिशत वाट मन्त्रिपरीषद गठन गर्ने व्यवस्था छ । प्रतिनिधिसभामा १६५ निर्वाचन क्षेत्र छ । त्यसको दोब्बर सख्यामा प्रदेश निर्वाचन क्षेत्र हुन्छ ।
प्रदेशको राजधानी भने प्रदेश सरकारको सिफारिसमा प्रदेश सभाले तोक्ने सवैधानिक ब्यवस्था छ । संविधान आरम्भ हुँदाको बखत सो निर्णय नभए सम्मका लागि केन्द्र सरकारले प्रदेशको राजधानी तोक्ने व्यवस्था भए पनि अहिले सम्म तोकेको छैन । अब भने प्रदेश सरकार बने पछि प्रदेश सभाले तोक्ने छ ।
उम्मेदवारको मुद्दा आफ्नो क्षेत्रमा राजधानी
केन्द्र सरकारले अहिले सम्म राजधानी तोक्न नसके पनि गत निर्वाचनमा उठेका प्राय सबै उम्मेद्धवारहरुले आफ्नो क्षेत्रमा प्रदेशको राजधानी ल्याउने विषयलाई चुनावी मुद्दा नै बनाएका थिए । जनतालाई आश्वासन दिने राम्रो बहाना पाएका थिए । त्यसै पनि उम्मेद्धवारलाई भाषण गर्ने विषय चाहिएको थियो । कनिष्ठ देखि वरिष्ठ नेता सम्मले आफ्नो क्षेत्रमा राजधानी बनाउने वचन दिन छुटाएका थिएनन । चुनाव पनि सकियो राजधानी अझै नतोकिन्दा ती नेता कार्यकर्ताहरूलाई चटारो परेको छ । त्यसको फलस्वरुप अहिले विशेष गरी १ न प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषय ले आन्दोलनको रूप लिन थालेको छ ।
आफूले हारे पनि जिते पनि बोलेको कुरा त पुराउनै पर्यो भलै यसले दुरगामी असर के पर्छ ? आफूले बोलको कुरा नियम सङ्गत छ कि छैन भन्ने बारेमा नेताहरूले हेक्का राखेको चाहिँ देखिन्दैन । जसले गर्दा भोलि स्थानीय छिमेकी छिमेकी नगर गाउँ बिच टकराव,मनमुटाव , द्धन्द पैदा गराउने सम्भावना वढाउदै गएको देखिन्छ । वास्तवमा राजधानी कहाँ राख्दा उपर्युक्त हुन्छ भन्ने कुरा त्यो क्षेत्रको भुगोल, सामरीक महत्त्व, ऐतिहासिकता, हावापानी , जमिनको उपलव्धता, यातायातको सुविधा जस्ता विषयलाई प्राथमिकतामा राखेर छनौट गर्नु वैज्ञानिक हुन्छ नकि कुनै पार्टी, नेताको छनौटको विषय हो ।
पार्टी वा नेताहरूले छनौट गरेको आधारमा राख्ने भए राणाकाल, पंचायतकाल र गणतान्त्रिक कालमा के फरक पर्यो ? राणाकाल पंचायतकालमा जनताको अनुकूल होइन की आफ्नो राजनीतिक अभिष्ठ पुरा गर्ने उद्देश्यले गौडा, केन्द्र, अन्चल, जिल्ला बनाईन्थ्यो । जसको कारण सगरमाथा छेउका जनताले राजविराजको पुनरावेदन अदालत धाउनु बाध्य थिए । अहिले पनि केही पार्टी र नेताहरूले आफ्नो निर्वाचन क्षेत्रलाई अनुकूल हुने गरी राजधानी बनाउन लागी परेको देखेर पंचायती कालकै प्रथालाई निरन्तरता दिन लागेको त होइन भन्ने शङ्का उव्जाएको छ ।
प्रदेशको राजधानी क्षेत्रीय द्धन्दको विउ नवनोस
जब भयो राती अनि बुढी ताती भन्ने नेपाली उखान अहिले सरकारलाई राजधानी खोज्ने चटारो हेर्दा ठ्रयाक्कै मिल्न गएको छ । देशमा निर्वाचन पछि प्रादेशिक राजधानी चाहिन्छ नै भन्ने थाहा भए पनि सरकार कानमा तेल हालेर सुतेको थियो ।हैन भने राजधानीको लागी आवश्यक मापदण्ड निर्धारण गरेर विज्ञहरुको समूह बनाई यतिन्जेल सम्ममा सबै काम सम्पन्न गरी सक्नु पर्ने होकि होइन ? अव बैठक बस्न २ हप्ता बाकी रहन्दा राजधानीको खोजी गर्दा सबै क्षेत्र, सहरका वासिन्दा बिच तानातान गराएर द्धन्द्धको स्थिति किन श्रृजना गर्दैछ सरकार ? राजधानी आफ्नो सहरमा हुनु पर्छ भनी सबै भन्दा बढी दाबी भएको प्रदेश १ नम्बर भएको छ ।
हाल सम्म यहाँ धरान, धनकुटा विराटनगर र इटहरीले आआफनो क्षेत्रमा राजधानी हुनु पर्ने भनी दाबी गरिरहेका छन् । दाबीको स्वर बढ्दै गएर धनकुटाले चक्का जाम नै गरेको छ । भने धरान विराटनगर ईटहरी र धरानमा दिनहुँ जसो पत्रकार सम्मेलन र र्याली जुलुस निस्कन थालेको छ । आ–आफ्नो सहरको पक्षपोषण गर्देै स्थानीय राजनीतिज्ञ, बुद्धिजीवी पत्रकारहरुले तल देखि माथि सम्म लविड गर्दा सम्म ठिकै हो तर दिनहुँ एकले अर्को सहरको खोट देखाउँदै नाराजुलुुस चक्काजाम जस्ता गतिविधि बढ्दै गयो भने त्यसले छिमेकी सहर बिच द्धन्द्धको विउ नछर्ला भन्न सकिन्न त्यसैले यस विषयमा सरकारले कुनै आग्रह, पुर्वाहग्रह नराखी जनतालाई सरल र सुविधा पुग्ने गरी वैज्ञानिक मापदण्ड बनाई राजधानीको छनौट गर्न अब ढिला गर्न हुन्न र अन्य दाबी गर्ने शहरहरुले पनि आफ्नो क्षेत्रको गुण र दोष छुट्रयाएर माग दावी गर्दा राम्रो हुन्छ अन्यथा ‘मेरो गोरुको बाह्रै टक्का’को नीति लिनु चाहिँ सबैको लागी हानिकारक नै हुनेछ ।
सुनसरीको “तरहरा” राम्रो विकल्प हुन सक्छ
कुनै पनि प्रदेशको राजधानी निर्धारण गर्दा सबै भन्दा महत्त्वपूर्ण पक्ष भनेको त्यस प्रदेशको सबै जनताले सहजै आवातजावत गर्न सक्ने स्थानमा हुनु जरुरी छ । अर्थात् राजधानी सबै जिल्लाका जनता सँग सहजै जोडिन सक्ने यातायातको सुविधा भएको हुन पर्छ । दोस्रोमा हावापानी –मौसम ) अति राम्रो हुने स्थानको छनौट अनिवार्य छ । विश्वको प्रायः सबै देशमा राज्य शासन गरेरका ब्रिटिसहरुले आफू बस्ने स्थान जस्ता भुगोलमा भए पनि हावापानी चाहिँ स्वच्छ सन्तुलित भएको ठाउँ छान्ने गर्दथे । भारतको वंगाल राज्यमा शासन गर्दा जनसख्या र प्रशासनिक हिसाबले कलकतामा राजधानी बनाए पनि बस्न चाहिँ उनीहरू हावापानीका कारण दार्जिलिडमा आउथे ।
त्यस्तै उहिले व्रिटिशहरुले नेपालको पूर्वी क्षेत्रमा सबै भन्दा राम्रो हावापानी भएको स्थान भनेर धरानको घोपा क्याम्पमा आफ्नो भर्ती केन्द्रको स्थापना गरेको थियो जहाँ हाल वीपी प्रतिष्ठान रहेको छ । तेस्रोमा जमिनको उपलव्धता चौथो सामरीक महत्त्व (सुरक्षा ) पाँचौमा ऐतिहासिक पृष्टभुमीलाई मापदण्डको आधार बनाउन आवश्यक छ । यी सबै महत्त्वपूर्ण मापदण्डलाई हेर्ने हो भने धरान धनकुटा ईटहरी विराटनगरको बिच भागमा रहेको सबै यातायातको सुविधा सँग जोडिएको हावापानी र जमिनको उपलव्धता पनि भएको स्थान भनेको सुनसरीको तरहरा कृषि फर्ममा राजधानीको विकल्प बनाउन सकिन्छ । नेपाल सरकारको मातहतमा रहेको सो कृषीकेन्द्र मा हाल ११६ विघाहा जमिन उपलब्ध छ ।
कृषि अनुसन्धानको लागी ओगटेर राखेको सो केन्द्रमा माछाका भुरा उत्पादन गर्ने बाहेक खासै कुनै राम्रो अनुसन्धानहरुको काम हुन सकेको छैन । माछाकाे भुराहरु पनि परम्परागत ढाँचाका पोखरीहरुको कारण हरेक वर्षायाममा पानी भरिएर भगेर नष्ट हुने गरेको छ । बरु कृषि अनुुसन्धान गर्न कै लागी झुम्का स्थित अर्को कृषि तालिम केन्द्रमा तरहराको संरचनालाई सार्न सकिन्छ । कृषि तालिमको लागी भनी स्थापना भएको १२६ विघा जमिन भएको झुम्काको तालिम केन्द्रले हाल सम्म एक चौथाई जमिनको पनि राम्रो उपयोग गर्न सकेको छैन ।
तरहरा कृषि केन्द्रमा राजधानी राख्न सकेमा जमिन खरिद गर्न नपर्ने, इटहरी र धरान उपमहानगर पालिकाकोे सिमानामा पर्ने भएकोले दुवै ठुला सहरलाई अपनत्वको महसुस पनि हुने देखिन्छ। चारकोशे जङ्गलसँग जोडिएको तरहरा तराई र भित्री मधेसको सिमानामा पर्दछ त्यसैले यहाँको हावापानी पनि धरानको भन्दा खासै भिन्न छैन । ऐतिहासिक पृष्ठभूमि, शिक्षा, स्वास्थ्य र धार्मिक पर्यटनको राजधानी मानिन्दै आएको धरान सँगै जोडिएकोले यसलाई पनि धरान नै मान्न सकिन्छ । जोगवनी किमाथांका नाकालाई जोडने छ लेनको सडकले पनि छुने भएकोले सबै दृष्टिबाट उपर्युक्त भएकोले सुनसरीको तरहरामा राजधानी बनाए अहिले देखिएको चार वटा सहर बिचको तानातानी पनि समाधान हुने देखिन्छ ।
“
