कालीकोट तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू

पुस ८, कालिकोट । कालिकोटको सदरमुकाम मान्मामा स्थानीय प्रशासनले दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । प्रहरीले चलाएको गोली लागेर म्यादी प्रहरीको ज्यान गएपछि आज भएको प्रदर्शका कारण स्थिती तनावपूर्ण बनेपछि कर्फ्यू जारी भएको हो ।

म्यादी प्रहरी स्थानीय र राजनीतिक दलले घटनाको विरोध गर्दै दिनभर प्रदर्शन गरेका छन् ।

प्रदर्शनलाई साम्य पार्न प्रहरीले आश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीले विभिन्न स्थानमा टायरबालेर प्रदर्शन गरेका छन्।
तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले हिजो आन्दोलन गरेका थिए । आन्दोलनमा रहेका म्यादी माथी गोली चलाउँदा हिजो दिउँसो म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो ।

यसैबीच घटना घटेपछि ६ नम्बर प्रदेशका क्षेत्रिय प्रशासक सुरेशकुमार प्रधान कालिकोट पुगेका छन् ।

यता, विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले हिजो कालिकोटमा भएको झडपमा परी म्यादी प्रहरीको मृत्यु भएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *