निस्दीमा कांग्रेस विजयी, रामपुरमा एमालेको कब्जा

पाल्पा, १६ असार । निस्दी गाउँपालिका–१ र ७ मा नेपाली काँग्रेसको पूरै प्यानल विजयी भएको छ । नेपाली काँग्रेस वडा नं १ मा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार पूर्णबहादुर खाँण सहितको पूरै प्यानल निर्वाचित भएको हो । निर्वाचित खाँणले ६६८ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका टुकबहादुर सोतीले ४९३ मत ल्याउनुभएको छ ।
यस्तै, वडा नं ७ मा नेपाली कांग्रेसकै गगन सिं सोतीको पूरै प्यानल विजयी भएको छ । सोतीले ६७५ मत ल्याउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भीमबहादुर थापाले ५९३ मत ल्याउनुभएको छ ।

रामपुर नपा–१ मा एमाले

यसैगरी, पाल्पाको रामपुर नगरपालिका–१ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको गठबन्धनबाट नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेदवार मित्रलाल कँडेलले ७८५ मत ल्याई उहाँको पूरै प्यानल नै विजयी भएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका कपिलबहादुर खाँणले ६२६ मत ल्याउनुभएको छ । अहिले रामपुर नगरपालिका–१० को मतगणना कार्य भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *