धनगढी उपमहानगरमा कांग्रेसको अग्रता, पछ्याउँदै स्वतन्त्र उम्मेदवार

लोकेन्द्र थापा, कैलाली– धनगढी उपमहानगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका नृप वडले ७१८ मतसहित अग्रता लिएका हुन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६९० मतसहित दोस्रो स्थानमा छन् भने एमालेका दुर्गालाल जोशी १६१ मतसहित तेस्रो स्थानम छन् । माओवादी केन्द्रका रामसमझ रानाले १४८ मत प्राप्त गरेका छन् । त्यस्तै, कांग्रेसकी उपमेयर सुशीला मिश्र भट्टले ८१३ मतसहित अग्रता लिएकी छन् ।  भने, माओवादीकी शान्ति अधिकारीले २८९ मतसहित दोस्रो र एमालेका रुक्मणि देवकोटाले २४० मतसहित तेस्रो स्थानमा छन् ।

मतगणनास्थल ब्यवस्थित बनाउन चार वटा सीसी क्यामेरा जडान गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए। उनका अनुसार एउटा प्रमुखद्वार र बाँकी तीनटा मतगणनास्थलमा जडान गरिनेछ ।धनगढी उपमहानगरपालिकाको मतगणना क्षेत्रीय तालिम स्वास्थ्य केन्द्रमा भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *