हसाउने पनि छन् यहाँ रुवाउने पनि छन् ! ५ मुक्तक

१ .बुझ्न सकिन की मैले बुझाउन सकिन
यहि कारण तिम्लाई अपनाउन सकिन
पिडाहरु धेरै छन्, हास्ने पनि धेरै छन्
त्यसैले त मनको घाउ देखाउन सकिन

२. हसाउने पनि छन् यहाँ रुवाउने पनि छन्
बिना गल्ती चोट खुवाउने पनि छन्
सबै, सबैलाई नजाती भन्न पनि हुदैन
कोहीकोही त परेलीमा राख्न सुहाउने पनि छन्

३.अब कसैको पनि भर लाग्दैन
बाँच्ने कत्तिपनी रहर लाग्दैन
सायद तिमी टाढा भएर होला
मृत्युकोनि मलाई डर लाग्दैन

४ . निस्टुरिलाई अफ्नो भनेर के पायौ
उस्कै यादमा पागल बनेर के पायौ
मनले पनि यहि प्रश्न गर्दछ अचेल
चटक्कै बिर्सनेलाई सम्झेर के पायौ

५ .बिर्सिए आफैलाई तिमी टाढा भएपछी
केके भन्छन् मलाई तिमी टाढा भएपछी
यो मन र यो मुटु जलेर खरानी भइदियो
अह चाहिएन सलाई तिमी टाढा भएपछि

 “

प्रतिक्रिया

One thought on “हसाउने पनि छन् यहाँ रुवाउने पनि छन् ! ५ मुक्तक

Leave a Reply

Your email address will not be published. Required fields are marked *