झापामा एमाले र माओवादी केन्द्रको विजयी सुरुवात

झापा, १६ असार । झापामा नेकपा (एमाले) र नेकपा (माओेवादी केन्द्र)ले खाता खोलेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेको प्यानल नै विजयी भएको छ भने बुद्धशान्ति गाउँपालिका–७ को वडाध्यक्षमा माओवादी केन्द्र र अन्य चार पदमा एमालेले जितेको छ । बाह्रदशी गाउँपालिका–१ मा एमालेका शम्भूसिंह राजवंशी ५०० मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृत बाबुराम राईले जानकारी दिनुभयो ।

त्यस्तै, प्राप्त पछिल्लो मत परिणाम अनुसार गाउँपालिका अध्यक्षका लागि नेकाका खड्प्रसाद राजवंशीले ६१४ र उपाध्यक्षमा रत्ना राजवंशीले ५८३ मत पाउनु भएको छ भने एमालेका अध्यक्षका उम्मेदवार लक्ष्मण पाठक ४५८ र उपाध्यक्ष गङ्गा धमला ४६९ मतका साथ पछ्याई रहनुभएको छ ।

बुद्धशान्ति गाउँपालिका–७ मा भने नेकपा (माओवादी केन्द्र) का मातृकाप्रसाद पौडेल ३०८ मत ल्याएर विजयी हुनुभएको छ भने अन्य चार पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । बुद्धशान्ति–७ मा अध्यक्ष पदका लागि नेकाले २४५, नेकपा (एमाले) ले २६८ र नेकपा (माओवादी केन्द्र) ले १८२ मत ल्याएका छन् । वडा नं १ को मतगणना सुरु गरिएको निर्वाचन अधिकृत इन्द्रकमल प्रधानले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *