‘आलोपालो प्रधानमन्त्री बनिन्छ’

चितवन, पुस ७ । चितवनमा रहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादीले आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् ।

 

 

चितवन क्षेत्र नः ३ बाट निर्वाचित भएपछि त्यहाँ पुगेका प्रचण्डले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी एकता गर्न कुनै अप्ठ्यारो नभएको र सहमति भए बमोजिम नै सांकेतिक भाषामा ओली र आफू आलोपालो प्रधानमन्त्री बन्ने बताए ।

पार्टी एकता कहिले हुन्छ ? सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी एकता संयोजन समितिको बैठक केहीदिनमा नै राखेर थप अघि बढ्ने बताए । त्यसपछि उनले आज राष्ट्रियसभा र सरकार गठनबारे पाँच दलमा गम्भीर छलफल भएको तर, सहमति नजुटेको उनले बताए । तर पनि सरकार गठनमा कुनै समस्या नभएको स्पष्ट पारे ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *