ओली भर्सेज निधि :‘हत्तेरी ! तपाई नै हो प्रधानमन्त्री ‘हुन्छ’ भनिदिनुस्’, ‘ढिलो बन्छु तर ‘नो’ !

काठमाडौं, पुष ७ । ‘मैले अघि नै भनिसकें, अध्यादेशको प्रावधान असम्बैधानिक छ। बरु प्रधानमन्त्री ढिलो बनुँला तर प्रधानमन्त्री चाँडो बन्ने नाममा असंवैधानिक अध्यादेश स्वीकृत गर्न दिन्न।’ बालुवाटारको औपचारीक बैंठक सकिएपछि हात मिलाउँदै एमाले अध्यक्ष केपी ओलीले विमलेन्द्र निधिलाई सम्झाइ बुझाइ गरे ।

 

 

शुक्रबार ११ बजेदेखि बसको प्रधानमन्त्री निवास बालुवाटारमा शिर्ष नेताहरुले पालै पालो बोल्ने क्रम जारी रहँदा बिमलेन्द्र निधिले जसर हुन्छ जति चाँडो अध्यादेश स्वीकृत भयो, त्यति नै चाँडो तपाई प्रधानमन्त्री बन्न सक्नु हुन्छ भन्दै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको अध्यादेश स्वीकृतिमा सहमति जनाउन ओलीलाई सुझाव दिएका थिए । बैंठकमा ओलीले एकल संक्रमणीय मत प्रणाली व्यवस्था लागू कुनै पनि हालतमा नहुने अडान राखे । यससँगै बैंठक स्थगित भएपछि बाहिर निक्ने क्रममा बिमलेन्द्रले ओलीले फेरि त्यहीँ प्रश्न दोहोर्याएपश्चात् अध्यक्ष ओलीले उनलाई सम्झाइ बुझाइ गर्नुपरेको थियो ।

यसरी विमलेन्द्र भर्सेज ओलीको बात सुन्दै पाँच दलका नेताहरु आफ्नो पालो कुरिरहेका थिए । कार्यक्रममा बाम गठबन्धनका नेताले त्यो प्रस्ताव अमान्य भने पनि मधेसबादी दलहरुले टाउँको हल्लाएपनि बैंठक निष्कर्षविहीन टुंगियो । त्यसपछि सबै नेताहरु उठेर विदाईका लागि हात मिलाउने क्रममा कांग्रेस नेता बिमलेन्द्र निधिले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने, ‘हत्तेरी ! तपाईं प्रधानमन्त्री बन्ने मान्छे, किन राष्ट्रिय सभा सम्बन्धी अध्यादेश स्वीकृत गर्न नदिएर प्रधानमन्त्री बन्न ढिलो गर्दै हुनुहुन्छ ? सहमति जनाएर छिटो आफ्नो कार्यभार सम्हाल्नुस् न !’

त्यसअघि नै बैठकमा ओलीले भनिसकेका थिए, ‘हाम्रो संविधानमा कहीँकतै एकल संक्रमणीय मत प्रणाली सम्बन्धी व्यवस्था छैन, तर सरकारले राष्ट्रपति समक्ष स्वीकृतिका लागि पठाएको राष्ट्रिय सभा निर्वाचन सम्बन्धी अध्यादेशमा एकल संक्रमणीय मतका आधारमा निर्वाचन हुने उल्लेख गरेको छ। यो सिधै संविधानको भावना प्रतिकूल छ, असम्बैधानिक छ। त्यसैले, यस्तो अध्यादेश स्वीकृत गर्ने सहमति दिइँदैन।’ त्यसपछि ओलीले यीनै पहिलाको कुरालाई दोहोर्याउँदै भने,‘मैले पहिला नै भनिसके ‘नो’ । कुनै पनि हालतमा त्यो प्रस्ताव स्वीकार गर्दिन । बरु, प्रधानमन्त्री ढिलो बन्छु तपाईहरुको त्यो प्रस्ताव सपनामै सीमित हुन्छ । त्यति नै हो मेरो चाहीँ कुरा निधिज्यू !’ ओलीले यति भनिसकेपछि उनले मिलाउँदै गरेको हातलाई पन्छाउँदै बाटो लागे । विमलेन्द्र भने हात मिलाउन व्यस्त देखिन्थे ।

उता,माधव कुमार नेपालको भनाई थियो, ‘हामीले एकल संक्रमणीय मत प्रणाली बहुदलीय कालमा अपनाएका थियौं। तर त्यो संसदीय बेलाको कुरा भएकाले मिल्दो थियो। तर अहिले हामी संघीयतामा गएका छौं। राष्ट्रिय सभाका लागि विभिन्न प्रदेशबाट २–२ बर्षमा नयाँ सांसद छनोट गर्नुपर्ने हुन्छ, त्यसका लागि एकल संक्रमणीय पद्दति व्यावहारिक छैन।’

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *